NABBC 631 -12 MBJC 321 -8 UPPER 214.2 -1.8 NLICL 606 -4 USLB 1467 -2.9 RAWA 889 29 GBBLPO 205 0 NHPC 220.1 0 SAEF 11.22 0.17 NBBD2085 1100 0 CORBL 958.8 -10.2 SINDU 667 -6 BPCL 449 -7 HIDCL 270.7 -4.1 OHL 925 -9 KSBBL 448 -3 USHEC 523 -7 MLBS 1532.3 -86.7 SBD87 1048 11.9 MPFL 751 5 GILB 1268.4 4.4 JBBL 351 -3.1 SFMF 10.2 -0.2 RADHI 397.9 7.9 NIMBPO 176.9 -1.1 CHCL 568.9 -8.1 SMATA 875 -16 MEN 631.1 -3.9 SADBL 419 -1 NICAD8283 1169.8 86.8 PBD85 1079.9 19.9 SIGS3 9.45 0.09 BNT 14350 -50 GIBF1 9.69 0.1 NIBSF2 8.9 0.08 NMFBS 1435 1 HDHPC 208.8 -4.1 VLUCL 588 -1.9 CKHL 632 -8 EBLD86 1040 -2
×
ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा , नआएमा के गर्ने ?



ज्योति विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ ।

बैंकको मिति २०७८ /०९/ २३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित भएको ११ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लि. र सिडिएस एण्ड क्लियरिङ्ग लि. मा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भईसकेको छ ।

कम्पनीले गत पुस २३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट ११ प्रतिशत बोनससँगै कर प्रयोजनका लागि समेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।

साथै मिति २०७८ /०९/०६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा भएको र सो मिति पश्चात्‌ शेयर अभौतिकीकरण गराएका शेयरघनीहरुको हकमा क्रमशः उक्त बोनस शेयर जम्मा हुने व्यवस्था गरिएको हुँदा हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका का शोयरघधनीहरुले आफनो शेयर अभौतिकीकरण गराई आफनो बोनस शेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को वितरणयोग्य रकम रू. ५९ करोड ६९ लाख ३८ हजार ८१८ बाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गरेको हो ।

नगद लाभांश जारी गर्दा ऋणात्मक लाभांश हुने (बैंकलाई रकम बुझाउनु बाँकी रहेको) शेयरधनीहरुको हकमा उक्त रकम जम्मा गरे पश्चात्‌ मात्र बोनस शेयर हितग्राही खातामा जम्मा हुने भएकोले यथाशिघ उक्त रकम ज्योति बिकास बैंकमा जम्मा गरि बोनस शेयर प्राप्त गर्न  बैंकले अनुरोध गरेको छ ।

साथै नगद लाभांश ऋणात्मक हुने शेयरधनीहरुको विवरण बैंकको साइट तथा शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा सम्पर्क राखि वा एनआईबिएल एस ब्यापिटल लिमिटेडको Website: www.niblcapital.com बाट समेत प्राप्त गर्न सकिने छ ।

 

jyotibikashbonus 20220223072904 ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा , नआएमा के गर्ने ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस