×
Lagani
Lagani Shiksha gif
आज शेयर बजार खुल्छ कि खुल्दैन? नेप्सेले दियो यस्तो जानकारी



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज असोज ६ गतेदेखि शेयर बजारको नियमित कारोबार सञ्चालन हुने जनाएको छ।

नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालि. मा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि आजदेखि नेप्सेमा पूर्ववत् रूपमा कारोबार सञ्चालन गर्न लागिएको हो। यसअघि डाटा हबमा असोज ४ गतेदेखि प्राविधिक समस्या देखिएपछि असोज ५ गतेको नियमित शेयर कारोबार स्थगित गरिएको थियो। उक्त डाटा सेन्टरमा ७२ कारोबार सदस्य कम्पनीका सर्भर रहेका कारण समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था रहेको नेप्सेले जनाएको थियो।

Lagani Shiksha gif
sharehubapk आज शेयर बजार खुल्छ कि खुल्दैन? नेप्सेले दियो यस्तो जानकारी

नेप्सेले आज जारी गरेको सूचनामा डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले २०८३ असोज ६ गतेदेखि पूर्ववत् कारोबार सञ्चालन हुने स्पष्ट पारेको छ। यससँगै सोमबार स्थगित भएको शेयर कारोबारपछि लगानीकर्ताले आज नियमित रूपमा शेयर खरिद–बिक्री गर्न पाउने भएका छन्। सोमबारको कारोबार स्थगनका क्रममा डाटा सेन्टरमा साइबर सुरक्षासम्बन्धी जोखिमको विषयसमेत सार्वजनिक चर्चामा आएको थियो। केही रिपोर्टहरूले घटनालाई र्‍यान्समवेयर आक्रमणसँग जोडेर उल्लेख गरेका छन् भने नेप्सेको औपचारिक सूचनामा भने यसलाई ‘प्राविधिक समस्या’ का रूपमा उल्लेख गरिएको थियो।

नेप्सेको पछिल्लो सूचनाअनुसार अहिले समस्या समाधान भइसकेकाले आजबाट बजार नियमित सञ्चालनमा आउने भएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस