शेयर बजारमा मूल्य बढ्ने वा घट्ने कुरा केवल हल्ला, अनुमान वा सामाजिक सञ्जालको चर्चाबाट बुझ्न सकिँदैन। बजारमा खरिदकर्ता बलिया छन् कि बिक्रीकर्ता भन्ने कुरा चार्टमा देखिने क्यान्डलस्टिकबाट पनि केही हदसम्म बुझ्न सकिन्छ। क्यान्डलस्टिकले कुनै निश्चित समयभित्र शेयरको खुल्ने मूल्य, उच्च मूल्य, न्यून मूल्य र बन्द हुने मूल्य देखाउँछ।
सामान्यतया हरियो क्यान्डलले मूल्य बढेर बन्द भएको र रातो क्यान्डलले मूल्य घटेर बन्द भएको संकेत गर्छ। तर एउटा हरियो क्यान्डल देखियो भन्दैमा बजार सधैं बढ्छ भन्ने हुँदैन। क्यान्डल कहाँ बनेको छ, त्यसअघि मूल्य घटिरहेको थियो कि बढिरहेको थियो, सपोर्ट नजिक छ कि रेसिस्टेन्स नजिक छ, कारोबार मात्रा कस्तो छ भन्ने कुरा पनि सँगै हेर्नुपर्छ।
बुलिस क्यान्डलस्टिक प्याटर्नहरू त्यस्ता संकेत हुन्, जसले बजारमा खरिदकर्ता सक्रिय हुन थालेको वा मूल्य माथि जान सक्ने सम्भावना देखाउँछन्। यहाँ लगानीकर्ताले सजिलै बुझ्न सक्ने गरी १० लोकप्रिय बुलिस क्यान्डलस्टिक प्याटर्नबारे चर्चा गरिएको छ।
१. ह्यामर
ह्यामर प्रायः मूल्य धेरै घटिसकेपछि सपोर्ट नजिक देखिने क्यान्डल हो। यसको तल्लो भागमा लामो विक हुन्छ र माथि सानो बडी हुन्छ। यसको अर्थ कारोबारको बीचमा मूल्य धेरै तल झरे पनि अन्त्यतिर खरिदकर्ताले फेरि मूल्य माथि ताने भन्ने हो। यो प्याटर्नले बिक्रीकर्ताको दबाब कमजोर हुँदै गएको र तल्लो मूल्यमा खरिदकर्ता सक्रिय हुन थालेको संकेत दिन सक्छ। तर ह्यामर देखियो भन्दैमा तुरुन्तै किन्ने निर्णय गर्नु हुँदैन। त्यसपछि आउने क्यान्डल पनि हरियो भएर माथि बन्द भयो भने मात्र यो संकेत बलियो मानिन्छ।
२. बुलिस इन्गल्फिङ
बुलिस इन्गल्फिङ दुईवटा क्यान्डलबाट बन्ने प्याटर्न हो। पहिलो क्यान्डल रातो हुन्छ र त्यसपछि आउने ठूलो हरियो क्यान्डलले अघिल्लो रातो क्यान्डलको बडीलाई ढाक्छ। यसले अघिल्लो समयमा बिक्रीकर्ता बलियो भए पनि पछिल्लो समयमा खरिदकर्ताले बजार नियन्त्रणमा लिन थालेको संकेत गर्छ।
मूल्य घटिरहेको अवस्थामा यस्तो प्याटर्न देखिएमा बजार फर्किन सक्ने सम्भावना मानिन्छ। विशेषगरी सपोर्ट नजिक यो प्याटर्न बनेको छ र कारोबार मात्रा पनि बढेको छ भने खरिदकर्ता साँच्चिकै बलियो भएको बुझ्न सकिन्छ। तर मूल्य पहिले नै धेरै बढिसकेको अवस्थामा देखिएको इन्गल्फिङलाई सावधानीपूर्वक हेर्नुपर्छ।
३. मर्निङ स्टार
मर्निङ स्टार तीनवटा क्यान्डलबाट बन्ने लोकप्रिय बुलिस रिभर्सल प्याटर्न हो। पहिलो क्यान्डल रातो हुन्छ, जसले बिक्रीकर्ताको दबाब देखाउँछ। दोस्रो क्यान्डल सानो हुन्छ, जसले बजारमा अन्योल वा पर्खाइको अवस्था देखाउँछ। तेस्रो क्यान्डल बलियो हरियो हुन्छ, जसले खरिदकर्ता फर्किएको संकेत गर्छ।
यो प्याटर्न प्रायः लामो गिरावटपछि देखिएमा बढी उपयोगी मानिन्छ। यसको अर्थ बजारमा डर घट्दै गएको र कम मूल्यमा खरिद गर्नेहरू सक्रिय हुन थालेको हुन सक्छ। तेस्रो हरियो क्यान्डल बलियो भएर माथि बन्द भयो भने मूल्य बढ्ने सम्भावना अझ बलियो देखिन्छ।
४. पियर्सिङ प्याटर्न
पियर्सिङ प्याटर्नमा पहिले रातो क्यान्डल बन्छ र त्यसपछि आएको हरियो क्यान्डल अघिल्लो रातो क्यान्डलको आधाभन्दा माथि बन्द हुन्छ। यसको अर्थ सुरुमा बजारमा बिक्री दबाब थियो, तर पछि खरिदकर्ताले मूल्य धेरै माथिसम्म ताने भन्ने हो।
यो प्याटर्नले बजारमा बिक्रीकर्ताको शक्ति घट्दै गएको र खरिदकर्ताले प्रतिकार गर्न थालेको संकेत दिन्छ। डाउनट्रेन्डपछि सपोर्ट नजिक पियर्सिङ प्याटर्न बनेमा यसलाई सकारात्मक संकेतका रूपमा हेरिन्छ। तर यसको पुष्टि गर्न अर्को क्यान्डल पनि माथि जान थालेको छ कि छैन हेर्नु राम्रो हुन्छ।
५. थ्री ह्वाइट सोल्जर्स
थ्री ह्वाइट सोल्जर्स लगातार तीनवटा बलिया हरियो क्यान्डलबाट बन्ने प्याटर्न हो। प्रत्येक क्यान्डल अघिल्लोभन्दा माथि बन्द हुन्छ। यसले बजारमा खरिदकर्ता लगातार सक्रिय रहेको र मूल्यलाई क्रमशः माथि लैजाँदै गरेको संकेत गर्छ।
यो प्याटर्न downtrend पछि बनेमा बजार फर्किन थालेको संकेत हुन सक्छ। यदि पहिले मूल्य घटिरहेको थियो र त्यसपछि लगातार तीन बलिया हरियो क्यान्डल बने भने buyer confidence बढेको बुझ्न सकिन्छ। तर मूल्य अत्यधिक बढिसकेपछि बनेको यस्तो प्याटर्नमा हतार गरेर प्रवेश गर्दा जोखिम हुन सक्छ, किनकि छोटो correction आउन सक्छ।
६. बुलिस हरामी
बुलिस हरामी दुईवटा क्यान्डलबाट बन्ने प्याटर्न हो। पहिलो क्यान्डल ठूलो रातो हुन्छ र त्यसपछि आउने सानो हरियो क्यान्डल अघिल्लो रातो क्यान्डलको बडीभित्रै बस्छ। यसले बजारमा बिक्री दबाब पहिले जति बलियो छैन भन्ने संकेत दिन्छ।
यो प्याटर्नले मूल्य तुरुन्तै बढ्छ भन्ने पक्का संकेत दिँदैन, तर गिरावट कमजोर हुँदै गएको देखाउँछ। लामो समयदेखि मूल्य घटिरहेको अवस्थामा बुलिस हरामी देखिनु भनेको बजार रोकिएर सोचिरहेको अवस्था जस्तै हो। त्यसपछि आउने क्यान्डल हरियो भएर माथि जान थाल्यो भने मात्र यो संकेत बढी विश्वसनीय हुन्छ।
७. ड्र्यागनफ्लाइ डोजी
ड्र्यागनफ्लाइ डोजीमा candle को body धेरै सानो हुन्छ र तल लामो wick हुन्छ। यसको अर्थ कारोबारको समयमा मूल्य धेरै तल झरेको थियो, तर अन्त्यमा खरिदकर्ताले मूल्य फेरि माथि ल्याए भन्ने हो। यस्तो candle ले तल्लो मूल्यमा buyer active रहेको संकेत गर्न सक्छ।
यो प्याटर्न विशेषगरी सपोर्ट नजिक देखिएमा महत्वपूर्ण हुन्छ। यदि शेयर बारम्बार एउटै level नजिक आएर तल जान सकेको छैन र त्यहाँ ड्र्यागनफ्लाइ डोजी बनेको छ भने त्यो level मा खरिदकर्ताको रुचि देखिएको हुन सक्छ। तर doji आफैंमा अन्योलको संकेत पनि हो, त्यसैले अर्को candle बाट पुष्टि गर्नुपर्छ।
८. इनभर्टेड ह्यामर
इनभर्टेड ह्यामरमा candle को माथिल्लो wick लामो हुन्छ र body सानो हुन्छ। यो प्रायः मूल्य घटिरहेको अवस्थापछि देखिन्छ। यसको अर्थ कारोबारको समयमा खरिदकर्ताले मूल्य माथि लैजान प्रयास गरे, तर अन्त्यमा मूल्य धेरै माथि टिक्न सकेन भन्ने हो।
यो प्याटर्न buyer को पहिलो प्रयासका रूपमा बुझ्न सकिन्छ। बजारमा seller अझै छन्, तर buyer पनि प्रवेश गर्न थालेका छन् भन्ने संकेत यसले दिन सक्छ। यदि इनभर्टेड ह्यामरपछि अर्को candle हरियो भएर माथि बन्द हुन्छ भने bullish reversal को सम्भावना बलियो हुन सक्छ।
९. ट्विजर बटम
ट्विजर बटममा दुईवटा candle को low लगभग एउटै ठाउँमा हुन्छ। यसको अर्थ price एउटै level सम्म झरे पनि त्योभन्दा तल जान सकेन भन्ने हो। यसले त्यो मूल्य क्षेत्रमा खरिदकर्ता सक्रिय छन् भन्ने संकेत दिन सक्छ।
यो प्याटर्न downtrend पछि बनेमा बढी उपयोगी हुन्छ। पहिलो candle ले बिक्री दबाब देखाउँछ, तर दोस्रो candle ले त्यही low बाट price फर्किएको देखाउँछ। यदि यो pattern support area मा बनेको छ भने बजारले त्यो level लाई defend गरिरहेको हुन सक्छ। त्यसपछि आउने हरियो candle ले confirmation दिन्छ।
१०. राइजिङ थ्री मेथड्स
राइजिङ थ्री मेथड्स बढिरहेको बजारमा देखिने bullish continuation pattern हो। सुरुमा ठूलो हरियो candle बन्छ, त्यसपछि केही साना correction candles आउँछन्, अनि फेरि ठूलो हरियो candle बनेर price माथि जान्छ।
यसले बजारमा केही समय profit booking वा विश्राम भए पनि मुख्य trend अझै positive छ भन्ने संकेत दिन्छ। बीचका साना candle हरूले बजार कमजोर भएको होइन, केही समय pause लिएको हो भन्ने देखाउन सक्छन्। अन्तिम बलियो हरियो candle ले buyer फेरि सक्रिय भएको पुष्टि गर्छ।
यस्तै कुराहरु सिकेर शेयर बजार सिक्न चाहानुहुन्छ भने आजै लगानी शिक्षा इबुक खरिद गर्नुहोस।












