×
Lagani
Lagani Shiksha gif
तेह्रथुम पावर पछी कुन कम्पनीको आइपियो भर्न पाहिएला ? जान्नुहोस !



तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भए लागतै अव कुन कम्पनीको आइपियो आउला भन्ने सबैको चासो रहेको छ। आज हामीले सेबोन बाट निस्कासन अनुमति पाएका र छिटै निस्कासन गर्न सक्ने कम्पनीको जानकारी ल्याएका छै।

यी सबै कम्पनीले आइपियो निस्कासनको अनुमति पाएपनि हाल सम्मा सर्वसाधारणकालागि निस्कासन गर्ने मिति तय भएको छैन। स्थानीयको लागि निस्कासन गरेको कम्पनीले भने छिटै सर्वसाधारणकालागि निस्कासन गर्न सक्ने बुझ्न सकिन्छ।

साहस उर्जा कम्पनी लिमिटेड
साहस उर्जा कम्पनी कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीले पहिलाे चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि साउन २९ गते, शुक्रबारदेखि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो।

कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते, बुधबार बोर्डमा निवेदन पेश गरेकाेमा सेबाेनले श्रावण १४ गते आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएकाे हाे ।

उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ भने प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरिसकेकाे छ ।

न्यादी हाइड्रोपावर
न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १ गतेदेखि संस्थापक सेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले मंसिर १० गते, बुधबार बोर्डमा निवेदन पेश गरेकाेमा श्रावण ११ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीकाे उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

बुद्धभुमी नेपाल हाइड्रोपावर
बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले अनुमति माग्दै माघ ८ गते, बिहीबार बोर्डमा निवेदन पेश गरेकाेमा बोर्डले श्रावण १४ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएकाे हाे ।

आयोजना प्रभावित स्थानीय र सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेकाे आइपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेड
सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले भदाै १८ गते, शुक्रबारबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो ।

कम्पनीलाई सेबाेनले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड ३० लाख रूपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न अनुमति दिएकाे छ। कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले गरेकाे छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड
मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुनः निष्कासन तथा बिक्री खुल्ला गरेको थियो।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाको निष्कासन गरेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
20 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस