×
Lagani
Lagani Shiksha gif
१० लाख जित्ने व्यक्तिको नाम सार्बजनिक , कतै तपाईलाई त् परेन ? यसरि हेर्नुहोस



करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नुभयो।

Lagani Shiksha gif
sharehubapk १० लाख जित्ने व्यक्तिको नाम सार्बजनिक , कतै तपाईलाई त् परेन ? यसरि हेर्नुहोस

नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई १० लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ । कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो। उहाँलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

विभागले अर्थ मन्त्रालय, सिंहदरबारमा कार्यक्रम आयोजना गरी चिट्ठामार्फत छनोट भएका विजेताको विवरण सार्वजनिक गरेको हो। नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई खरिद बिलको विवरणका आधारमा उपहार कुपन उपलब्ध गराउँदै आएको विभागले सोही कुपनमध्येबाट चिट्ठामार्फत विजेता छनोट गरेको हो। कार्यक्रममा सहभागी भएका उपभोक्ताले अब आफूले प्राप्त गरेको कुपन पुरस्कारका लागि छनोट भए–नभएको अनलाइनबाटै जाँच गर्न सक्नेछन्।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

यसका लागि irdresult.nepsebajar.com मा गएर आफ्नो उपहार कुपन नम्बर प्रविष्ट गरी नतिजा हेर्न सकिनेछ। वेबसाइटमा कुपन नम्बर राखेर सिधै जाँच गर्ने सुविधा रहेको छ। आफ्नो कुपन सुरक्षित राखेका उपभोक्ताले वेबसाइटमा कुपन नम्बर प्रविष्ट गरेपछि उक्त कुपन विजेता सूचीमा परेको छ वा छैन भन्ने जानकारी प्राप्त गर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए । जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या २ लाख ४७ हजार ९७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या ३ करोड १५ लाख ७० हजार ३०७ थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस