×
Lagani
Lagani Shiksha gif
फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा



काठमाडौं, २० असोज। अमेरिकी र इजरायली रिपोर्टहरूका अनुसार 'फ्लाईदुबई' को विमान अपहरण गर्ने प्रयास गरेको आरोप लागेका सह-पाइलटले सो विमानलाई तेल अविवको बेन गुरियन विमानस्थल वा सोही इजरायली सहरको कुनै अग्लो भवनमा ठोक्काएर दुर्घटना गराउने योजना बनाएकाे खुलेकाे छ ।  रिपोर्टहरूका अनुसार, ओमानका ती नागरिक एक "लोन वुल्फ" (एक्लै काम गर्ने) चरमपन्थी थिए।   

 

Lagani Shiksha gif
sharehubapk फ्लाई दुबईका सह-पाइलटले तेल अभिभमा विमान ठोक्काउन खोजेको खुलासा

संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ताले बताएअनुसार, ती सह-पाइलटले गत बुधबार दुबईबाट तेल अविवका लागि उडेको उडानमा "आतंकवादी कार्य" गर्ने प्रयास गरेका थिए। यात्रुहरूले नियन्त्रणमा लिनुअघि उनले ककपिटमा राखिएको आपतकालीन दुर्घटना-बन्चरो प्रयोग गरी क्याप्टेनमाथि आक्रमण गरेर घाइते बनाएका थिए। विमानमा सवार चालक दलका अर्का सदस्यले विमानलाई साउदी अरबमा अवतरण गराउन सफल भए।   

 

इजरायलका प्रधानमन्त्रीले बताएका छन् कि ती सह-पाइलट "इस्लामिक कट्टरपन्थी विचारधाराबाट प्रेरित" थिए र क्याप्टेन यात्रु तथा चालक दलका अर्का सदस्यले "९/११ जस्तो विपत्ति" टारेका थिए। फ्लाईदुबई उडानका सह-चालक, जसको नाम विभिन्न प्रतिवेदनहरूमा हमम अल-हम्मामी भनी उल्लेख गरिएको छ, का बारेमा थप विवरणहरू सातान्तमा सार्वजनिक भएका छन ।

 

यसैबीच संयुक्त अरब इमिरेट्स मा उनीसँग सोधपुछ जारी रहेकाे छ र इजरायली प्रतिनिधिहरूलाई यससम्बन्धी जानकारी गराइएकाे छ । इजरायली सञ्चारमाध्यमहरूले अनुसन्धानबारे जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार सह-पाइलटले अनुसन्धानकर्ताहरूलाई बताएका थिए कि क्याप्टेन स्मित मच्छारमाथि आक्रमण गरेपछि उनले विमानलाई सामान्य रूपमा इजरायली हवाई क्षेत्रमा उडाएर बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने योजना बनाएका थिए।

 

समाचारहरूका अनुसार, त्यसपछि उनले १८० भन्दा बढी यात्रु बोकेको बोइङ ७३७ म्याक्स विमानलाई सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा अल-कायदाले गरेको आक्रमणको शैलीमा विमानस्थल वा तेल अभिभको मध्य भागमा रहेको कुनै अग्लो भवनमा ठोक्काएर दुर्घटना गराउने योजना बनाएका थिए। स्रोतहरूका अनुसार, उनले कुनै कट्टरपन्थी संगठन वा विदेशी सरकारको तर्फबाट नभई सम्भवतः एक्लै यस्तो कदम चालेका थिए।

 

सह-पाइलटले अनुसन्धानकर्ताहरूलाई यो पनि बताएका थिए कि उनले तेल अभिभका लागि हुने अघिल्लो उडानलाई पनि अपहरण गरी दुर्घटना गराउने योजना बनाएका थिए तर विमानमा आफूले चिनेको व्यक्ति भएका कारण उनले आफ्नो मनसाय परिवर्तन गरेका थिए। यस विषयमा संयुक्त अरब इमिरेट्स वा इजरायली अधिकारीहरूबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

 

युएईका महान्यायाधिवक्ता हमाद अल-शम्सीले शनिबार बताएअनुसार उनको देशको अनुसन्धानले घटनासँग सम्बन्धित सम्पूर्ण परिस्थिति, उद्देश्य र कुनै पनि प्रकारका सम्बन्ध (कनेक्सन) हरू पत्ता लगाउनेछ र अनुसन्धान पूरा भए पछि त्यसको नतिजा सार्वजनिक गरिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस