×
Lagani
Lagani Shiksha gif
आज नेप्सेमा कारोबार नहुने, यस्तो छ कारण



नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ।

नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा हब प्रालिमा प्राविधिक समस्या आएपछि आजको कारोबार स्थगित गरिएको हो। डाटा हबमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म पूर्णरूपमा समाधान हुन नसकेको नेप्सेले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk आज नेप्सेमा कारोबार नहुने, यस्तो छ कारण

यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएपछि आजको नियमित कारोबार सत्र स्थगित गर्न स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत नेप्सेसमक्ष निवेदन दिएको थियो। सोही सन्दर्भमा नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आज मिति २०८३ असोज ५ गतेको शेयर कारोबार स्थगित गरेको हो। नेप्सेले कारोबार स्थगित गर्नुपरेकोमा लगानीकर्ता तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस