घोराही सिमेन्टको आइपिओ पुनः निष्कासन गर्न धितोपत्र बोर्डले अनुमती दिएको छ।
पुन निष्कासन गर्नुभन्दा पहिले हाल कम्पनीमा आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउनेछन् । यस्तो समयपछि कम्पनीले अर्को सात दिनसम्म आइपिओ खुला राख्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको हो। धितोपत्र बोर्डले सुचना जारि गर्दै यस्तो जानकारी दिएको हो।
यसैबीच लगानीकर्तालाई आफ्नो लगानी कसरि हेरफेर गर्ने वा झिक्ने भन्ने चासो रहेकोमा हामीले यसबारे जानकारी लिएर आएका छौ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार लगानीकर्ताले लगानी परिवर्तन गर्न वा झिक्न भने आफ्नो रकम रहेको बैंकलाई जानकारी गराउनु पर्ने हुन्छ। बैंकले होल्ड गरिदिएको रकम खुला गरेपछि लगानीकर्ताले मेरो सेयरबाट इडिट गर्न सक्ने छन्।
त्यस्तै आवेदन फिर्ता लिन चाहेमा आफ्नो आवेदन रिजेक्ट गरिदिन भन्न पनि सक्ने छन्। बोर्डले निष्कासन तथा बिक्री प्रबन्धकले लगानीकर्तालाई यस्तो संशोधनको लागि तीन दिनको समय दिन समेत भनेको छ।
कम्पनीको सेयरमा ५ लाख ६२ हजारभन्दा धेरैले ९ अर्ब ८३ करोड रूपैयाँ बराबर रकमको आवेदन दिएका थिए।
सबैले झिकाउ अनि कसैले नभरौ
Rakam jhikna bank ma contact garnu parchh ki mero share app batai garna michh sir
बैंकमा सम्पर्क गर्नु पर्ने हुन्छ।
Bank le firta diyena
यदि बैंकले नमानेमा तपाइले CDSC मा सम्पर्क गरेर यस बारे राख्न सक्नु हुने छ 01-5340150, 01-5360386 EXT.506 साथै राष्ट्रबैंकमा उजुरी पनि गर्न सक्नु हुने छ https://gunaso.nrb.org.np/complain
foreign employment quota haru ko ta allot bhaisakeko cha. uniharu ko chai kasari cancel garne ho?
foreign reserve ko chahi k hunxa ta aba?