दशैंको लामो बिदा सुरु भएसँगै धेरैजना परिवारसँग समय बिताउने, घुमघाम गर्ने तथा आराम गर्ने तयारीमा छन्। यही बिदाको समयलाई नयाँ कुरा सिक्न र आफ्नो ज्ञान बढाउन प्रयोग गर्न चाहनेहरूका लागि घरमै बसेर शेयर बजारबारे अध्ययन गर्ने अवसर पनि हुन सक्छ। नेपाली शेयर बजारसम्बन्धी सूचना, समाचार तथा लगानी शिक्षाका सामग्री प्रकाशन गर्दै आएको नेप्से बजारले सञ्चालन गरेको ‘लगानी शिक्षा’ प्लेटफर्ममार्फत शेयर बजार सिक्न, अभ्यास गर्न र आफ्नो ज्ञान परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ।
शेयर बजारमा लगानी गर्ने सोच बनाएका तर कहाँबाट अध्ययन सुरु गर्ने भन्ने अन्योलमा रहेका व्यक्तिका लागि ‘लगानी शिक्षा’मा विभिन्न विषयलाई सरल नेपाली भाषामा अध्ययन गर्न सकिने सामग्री उपलब्ध छन्। शेयर बजारका आधारभूत जानकारीदेखि कम्पनी अध्ययन, आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण, शेयर मूल्यांकन तथा जोखिम व्यवस्थापनसम्मका विषयलाई व्यवस्थित रूपमा बुझ्ने गरी सामग्री तयार गरिएको छ।
दशैंको बिदामा घरमै बसेर शेयर बजार सिक्न यहाँ क्लिक गर्नुहोस्
प्लेटफर्ममा थपिएको डिजिटल बुक सुविधाले शेयर बजारमा बारम्बार सुनिने तर स्पष्ट रूपमा नबुझिएका विषयलाई छुट्टाछुट्टै पुस्तकका रूपमा अध्ययन गर्न सकिने बनाएको छ। शर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ, मार्जिन ट्रेडिङ, अड लट कारोबार, ओटीसी मार्केट, ब्लु चिप शेयर, बजार पूँजीकरण, प्रतिशेयर आम्दानी, डब्ल्यूएसीसी, बुक क्लोज, आईपीओ तथा बुक बिल्डिङजस्ता विषयलाई अध्यायगत रूपमा पढ्न सकिन्छ।
प्रत्येक डिजिटल बुकमा विषयको सामान्य परिचयदेखि त्यसले कसरी काम गर्छ, यसको प्रयोग, सम्भावित जोखिम तथा व्यवहारिक पक्षसम्म क्रमशः बुझ्ने गरी सामग्री राखिएको छ। यसले विभिन्न वेबसाइट वा सामाजिक सञ्जालमा छरिएका जानकारी खोजिरहनुभन्दा आफूलाई आवश्यक विषय छनोट गरेर व्यवस्थित रूपमा अध्ययन गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
शेयर बजार सिकाइलाई पढाइमा मात्र सीमित नराखी अभ्याससमेत गर्न सकिने सुविधा ‘लगानी शिक्षा’को अर्को महत्वपूर्ण पक्ष हो। प्लेटफर्ममा उपलब्ध टीएमएस सिमुलेटरमार्फत वास्तविक पैसा प्रयोग नगरी शेयर खरिद तथा बिक्रीको अभ्यास गर्न सकिन्छ। यसबाट वास्तविक कारोबार सुरु गर्नुअघि टीएमएसको प्रक्रिया बुझ्न, कारोबारको अभ्यास गर्न र आफ्नो रणनीति परीक्षण गर्न सकिन्छ।
यसका साथै भिडियो पाठ्यक्रम, क्विज, न्युजलेटर, पोर्टफोलियो व्यवस्थापन, प्राविधिक विश्लेषणका लागि विभिन्न चार्ट तथा उपकरण र कृत्रिम बुद्धिमत्तामा आधारित प्राविधिक विश्लेषणजस्ता सुविधा पनि प्लेटफर्ममा उपलब्ध छन्। यसरी शेयर बजारबारे पढ्ने, सिकेको कुरा परीक्षण गर्ने र कारोबारको अभ्यास गर्ने विभिन्न माध्यम एउटै स्थानमा उपलब्ध गराउने प्रयास गरिएको छ।
शेयर बजारमा लगानी गर्दा नाफाको कुनै निश्चित ग्यारेन्टी हुँदैन। त्यसैले अरूको सुझाव, सामाजिक सञ्जालमा आएका सूचना वा बजारको हल्लाका आधारमा मात्र निर्णय गर्नुभन्दा कम्पनीको अवस्था, वित्तीय विवरण, मूल्यांकन र बजारको जोखिमबारे आफैं अध्ययन गर्ने क्षमता विकास गर्नु महत्वपूर्ण हुन्छ।
दशैंको बिदामा घरमै बसेर केही नयाँ सिक्ने सोचमा हुनुहुन्छ भने यो समय शेयर बजारसम्बन्धी आफ्नो ज्ञान बढाउन प्रयोग गर्न सकिन्छ। बजारमा पैसा लगाउनु अघि आफ्नो ज्ञानमा समय लगानी गर्ने बानीले भविष्यमा लगानीका निर्णयलाई थप व्यवस्थित बनाउन सहयोग गर्न सक्छ।



















avadheshyadav1199@gmail.com