CHL 314.9 -7.1 MANDU 1030 63.3 SINDU 389.9 -5.1 SNLI 464 1.8 NBLD82 1031.5 -3.5 BOKD86 985 -15 TVCL 461.2 -13.8 NMB50 9.55 0.18 SAPDBL 327 -4 VLUCL 465 -14.9 CGH 787 -8.5 HEI 614 1 ACLBSL 866 -8.1 SALICO 692.2 -12.8 NBF3 7.3 0 AVYAN 844 -20 JSLBB 1355.2 7.9 RHGCL 375 0 RNLI 427 -5.4 PCBL 195.9 -2 LLBS 1072.1 -34.9 KRBL 438 -11 SWBBL 810 4 NTC 820 -12 HHL 349 -4 NHDL 452.2 5.2 NRM 359.5 -0.4 KPCL 404.8 -3.2 NHPC 147.9 -0.7 MKHC 309 -6.9 AHL 443 -5.7 KDBY 8.59 -0.21 BARUN 231.9 -3.6 MSHL 621 -9.1 JOSHI 310.6 -9.4 SIGS3 9.28 0.33 NIMB 155 -2.9 PMHPL 228 -1 KEF 8.1 -0.1 KSBBL 375 -2.4
×
तेह्रथुम पावर कम्पनीको आइपीओ  बाँडफाँट , कसरि हेर्ने नतिजा ?



तेह्रथुम पावर कम्पनीको आइपीओ  बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको  अनुसार आइपीओमा कुल २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएका थिए।  आवेदन दिने मध्ये ८ हजार ८२० जनाको आवेदन रद्द भएको छ भने रितपूर्वक आवेदन दिएका २३ लाख ४६ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।जसमा  गोलाप्रथामार्फत कुल ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् भने अन्य लगानीकर्ताको हात खालि रहेको छ  ।

कम्पनीले ९-१३ भदौसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । बिक्रीमा ल्याएको कुल सेयरमध्ये कम्पनीले दुई प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयर मात्रै सर्वसाधारणमा बाँडफाँट गर्नेछ ।

हाल चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको कम्पनीको स्थानीयलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।

कसरि हेर्ने त् नतिजा ?

आईपीओ बाँडफाँट भए लगतै  नेप्से बजारको एप    साथै एनआईविएल एस क्यापिटलको साइट    , मेरो शेयरको नतिजा हेर्ने साइत र  मेरो शेयर  मार्फत नतिजा हेर्न सकिने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
5 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस