नेपाली शेयर बजारसम्बन्धी सूचना, समाचार र लगानी शिक्षाका सामग्री प्रकाशन गर्दै आएको नेप्से बजारले नयाँ लगानीकर्तालाई लक्षित गर्दै ‘लगानी शिक्षा ebook.nepsebajar.com’ ई–बुक सार्वजनिक गरेको छ।
पछिल्लो समय शेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दै गए पनि धेरै लगानीकर्ता पर्याप्त ज्ञान, जोखिमबोध र व्यावहारिक मार्गदर्शनबिना बजारमा प्रवेश गरिरहेका छन्। यही कारण धेरैले हल्ला, टिप्स, सामाजिक सञ्जालका अपुष्ट सूचना र अरूको भनाइको भरमा लगानी गर्ने गल्ती दोहोर्याइरहेका छन्। नेप्से बजारका अनुसार ‘लगानी शिक्षा’ ई–बुक यस्तै कमजोरी हटाउँदै नयाँ लगानीकर्तालाई बजार बुझेर, सोचेर र अनुशासित ढंगले अघि बढ्न सहयोग गर्ने उद्देश्यले तयार गरिएको हो।
नेप्से बजारका अनुसार यो ई–बुक खरिद गर्ने पाठकले केवल पुस्तक मात्र नभई शेयर बजार सिकाइका थप सुविधाहरू पनि प्राप्त गर्नेछन्। प्लेटफर्ममा शेयर बजारसम्बन्धी निःशुल्क भिडियो कोर्स, निःशुल्क क्विज, निःशुल्क न्युजलेटर , TMS Simulator सुविधा र शेयर पोर्टफोलियो म्यानेजर जस्ता उपयोगी सुविधा उपलब्ध छ। यसले पाठकलाई पढेर मात्र होइन, अभ्यास गरेर, परीक्षण गरेर र आफ्नै लगानी व्यवस्थापन गर्ने बानी विकास गरेर शेयर बजार बुझ्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
नेप्से बजारले अब यस प्लेटफर्ममा TMS Simulator सुविधा पनि थपेको छ। यो सुविधामार्फत प्रयोगकर्ताले वास्तविक नेप्से कारोबार प्रणालीजस्तै वातावरणमा शेयर किनबेचको अभ्यास गर्न सक्नेछन्। शेयर किन्न, बेच्न, अर्डर राख्न, आफ्नो कारोबारको प्रभाव बुझ्न र लगानी निर्णयको अभ्यास गर्न सकिने भएकाले नयाँ लगानीकर्ताका लागि यो सुविधा विशेष उपयोगी हुने अपेक्षा गरिएको छ।
TMS Simulator मा गरिएको buy/sell अभ्यास प्लेटफर्मकै पोर्टफोलियो प्रणालीसँग पनि जोडिनेछ। अर्थात् प्रयोगकर्ताले simulator मा गरेको शेयर खरिद–बिक्रीको अभ्यास आफ्नै portfolio मा sync भएर देख्न सक्नेछन्। यसले प्रयोगकर्तालाई आफूले कुन कम्पनी किने, कति मूल्यमा किने, कति नाफा वा घाटा भयो, पोर्टफोलियो कसरी परिवर्तन हुँदैछ र लगानी व्यवस्थापन कसरी गर्ने भन्ने कुरा अभ्यासमार्फत बुझ्न मद्दत गर्नेछ।
निःशुल्क क्विज सेवामार्फत पाठकले आफूले सिकेका विषय कति बुझिएको छ भन्ने परीक्षण गर्न सक्नेछन्। निःशुल्क न्युजलेटरमार्फत शेयर बजारसम्बन्धी उपयोगी शैक्षिक सामग्री, बजारसँग सम्बन्धित महत्वपूर्ण जानकारी र लगानी शिक्षाका अपडेटहरू नियमित रूपमा प्राप्त गर्न सकिनेछ। त्यस्तै, भिडियो कोर्समार्फत पुस्तकमा समेटिएका महत्वपूर्ण विषयहरू अझ सजिलो रूपमा बुझ्न सकिनेछ।
नेप्से बजारले ‘लगानी शिक्षा’ प्लेटफर्मलाई नयाँ पुस्ताका लगानीकर्ताका लागि उपयोगी सिकाइ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। बजारमा कमाउन चाहने हरेक व्यक्तिले पहिले बजार बुझ्नुपर्छ भन्ने मान्यताका साथ तयार गरिएको यो प्लेटफर्मले लगानीकर्तालाई सही ज्ञान, अनुशासन, जोखिमबोध र आत्मविश्वाससहित अघि बढ्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
नेप्से बजारका अनुसार शेयर बजारमा सफल हुन ठूलो पूँजीभन्दा पहिले सही ज्ञान आवश्यक हुन्छ। त्यसैले शेयर बजार सिक्न चाहने, गलत टिप्स र हल्लाबाट बच्न चाहने, आईपीओदेखि दोस्रो बजारसम्म व्यवस्थित रूपमा बुझ्न चाहने तथा आफ्नै निर्णयमा लगानी गर्न चाहनेहरूका लागि ‘लगानी शिक्षा’ ई–बुक उपयोगी सामग्री बन्ने विश्वास गरिएको छ।
‘लगानी शिक्षा’ ई–बुक अहिले ebook.nepsebajar.com मार्फत उपलब्ध छ। शेयर बजारमा नयाँ सुरुवात गर्न चाहनेहरूका लागि यो पुस्तक ज्ञान, अभ्यास र उपयोगी सुविधासहितको पूर्ण सिकाइ प्याकेजका रूपमा प्रस्तुत गरिएको छ।



















Ramro lagyo Katarina uplapda hunxa?
https://ebook.nepsebajar.com/ yeha bata herna saknu hune chh .