×
Lagani
Lagani Shiksha gif
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?



बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को आज बाँडफाँड सम्पन्न भएको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँड सम्पन्न गरेको हो। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा कुल २३ लाख ५१ हजार ५६० जना आवेदकबाट आवेदन परेको थियो। त्यसमध्ये ४६ हजार ३२७ आवेदन अयोग्य ठहरिएका छन् भने २३ लाख ५ हजार २३३ आवेदन योग्य रहेका थिए।

Lagani Shiksha gif
sharehubapk बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

योग्य आवेदकमध्ये ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। बाँडफाँडपछि कुल ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिएको छ। आईपीओमा आवेदन दिने अधिकांश योग्य आवेदकको हात भने खाली भएको छ। बाँडफाँड विवरणअनुसार आवेदनमा कुल २ करोड ५६ लाख ३१ हजार ४४० कित्ता सेयर माग भएको थियो। कम्पनीले उपलब्ध गराएको बाँडफाँड मोडलमा न्यूनतम तथा अधिकतम दुवै बाँडफाँड १० कित्ता कायम गरिएको छ।

आईपीओको रिजल्ट कसरी हेर्ने?
बेनी हाइड्रोपावरको आईपीओ नतिजा हेर्न iporesult.cdsc.com.np मा जानुहोस्। त्यसपछि ‘Select Company’ मा गएर Beni Hydropower Project Limited छनोट गर्नुहोस्।त्यसपछि आफ्नो १६ अंकको BOID नम्बर प्रविष्ट गरी Submit गरेपछि आईपीओ परेको वा नपरेको हेर्न सकिनेछ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस