CKHL 632 -8 NLG 1317 2 NIBLGF 9.1 0.38 NWCL 975 -13.9 MFLD85 1050 -20 EDBL 645 -1.9 DOLTI 538 10 JBLB 1534 -3 NIMB 241.9 -9.1 NMBD87/88 1027 -3 EBLD85 1105 5 OHL 925 -9 RAWA 889 29 SJLIC 477 -7.5 SBLD89 1200 16.1 SFCL 704.1 63.6 KBLD86 1115 0 HBL 260 -13 IGI 600 -4 SCB 691.1 3.6 PFL 652 -1 NABBC 631 -12 JBBL 351 -3.1 RHPL 364 -5.2 SMFBS 1505.2 6.2 BNHC 466.9 0.7 RLFL 625 6.9 LICN 1995.9 -27.1 RMF1 9.15 -0.1 KBLD89 1156 1 SSHL 215 0.8 HLBSL 1010 -10 KDBY 9.21 -0.23 CHCL 568.9 -8.1 USHL 783.2 -13.7 NRN 905 -8 CORBL 958.8 -10.2 RNLI 495.5 1.5 CITY 805 -17 UPPER 214.2 -1.8
×
बालेनको पत्रमा कुलमानको जवाफ , पहिला हाम्रो २ अर्बको बिल तिर्नुहोस अनि हामि कर तिर्छौ।



काठमाडौं महानगरपालिका र विद्युत् प्राधिकरणबीच बक्यौता रकम तिर्ने विषयमा असमझदारी उत्पन्न भएको छ ।

महानगरपालिकाले सम्पत्ति कर बुझाउन भन्दै प्राधिकरणलाई आग्रह गरेपछि प्राधिकरणले पनि महानगरको अर्बौं रकम बक्यौता रहेको दाबी गरेको छ ।महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीका अनुसार प्राधिकरणले सम्पत्ति करबाट मात्रै १४ करोड रुपैयाँ तिर्नुपर्ने हिसाब देखिएको छ । उनले  भने, ‘हामीले निकालेको मोटामोटी हिसाबमा प्राधिकरणले सम्पत्ति करबाट १४ करोड रुपैयाँ तिर्नुपर्ने देखिएको छ । प्राधिकरणले सम्पत्ति विवरण हामीलाई बुझाएको छैन । यो रकम अझै बढ्न सक्छ । ’

महानगरपालिकाले सम्पत्ति कर १४ करोड रुपैयाँ तिर्नुपर्ने मौखिक हिसाब निकालेपछि प्राधिकरणले महानगरको पनि २ अर्ब रुपैयाँ विद्युत् बक्यौता रहेको दाबी गरेको छ । प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लोकहरी लुईंटेलले काठमाडौं महानगरको नाममा २ अर्ब रुपैयाँ बक्यतौ देखिएको बताए । उक्त रकम महानगर क्षेत्रमा राखिएको सडक बत्तीको भएको लुईंटेलको दाबी छ ।

महानगरले ०७३/०७४ सालदेखि सडक बत्तीको बिल भुक्तानी नगरेको उनले बताए । त्यसअघि नेपाल सरकारले सबै स्थानीय तहको विद्युत् बक्यौता तिरिदिएको लुईंटेलले बताए । हाल देशभरका स्थानीय तहको विद्युत् बक्यौता ५ अर्ब रुपैयाँ रहेको लुईंटेलले जनाए ।

प्राधिकरणले विद्युत् महसुल बाकी रहेको बताए पनि काठमाडौं महानगरपालिकाले भने इन्कार गरेको छ । महानगरपालिकाले हचुवाको भरमा प्राधिकरणले चुहावटलगायत अन्य हिसाब महानगरको नाममा बक्यौता राखिदिएको दाबी गरेको छ । महानगरका राजस्व विभाग प्रमुख अधिकारीले भने,‘हामीले तिर्नुपर्ने धेरै हिसाब नै छैन । प्राधिकरणले अन्य ठाउको चुहावट र उसको हिसाब मिलाउनका लागि सबै रकम काठमाडौं महानगरको नाममा बाक्यौता राखिदिन्छ ।’

प्राधिकरणका अर्थ निर्देशनालय प्रमुख लुईंटेलले भने महानगरले बुझाएको विवरणमै आधार भएर हिसाब निकालिको बताए । उनले राति कतिबजेदेखि विद्युत् बत्ती बल्ने,निभ्ने सम्पूर्ण तथ्यांक प्राधिकरणसँग भएको र त्यसैको आधारमा हिसाब निकालिएको दाबी गरे ।

महानगरपालिकाका सहप्रवक्ता महेशकुमार काफ्लेले प्राधिकरणलाई पटकपटक मिटर जडान आग्रह गर्दा पनि नगरेको र प्रमाणसहितको हिसाब लिएर आए महानगर तिर्न तयार रहेको जनाए । ‘प्राधिकरणले न त राम्रोसँग मिटर जडान गरिदिएको छ । कति ठाउँमा बत्ती बल्छ , कसको बत्ती कुन निकायको बत्ती सबै महानगरको नाममा भन्ने हुँदैन,’ काफ्लेले भने,‘प्रमाण बिनाको हिसाबमा रकम भुक्तानी गर्दा महानगरको लेखा परीक्षण हिसाब मिल्दैन । चुहावट भएको विद्युतको महसुल पनि प्राधिकरणले हिसाब मिलाउन महानगरलाई बक्यौता तिर्न भन्छ ।’

सहप्रवक्ता काफ्लेले महानगरले मिटर जडान गरेको ठाउको विद्युत् महसुल तिर्ने बताए । यसअघिको बैठकमा प्राधिकरणले मिटर जडान गर्ने प्रतिबद्धता गरे पनि त्यो कार्यान्वयन नभएको उनले बताए ।

काफ्लेले महानगरले जडान गरेको सडक बत्ती नभएर निजीस्तरबाट जडान गरिएका बत्तीहरू रहेको दाबी गरे । उनले प्राधिकरण र महानगर गरेर दुवै पक्षका सम्बन्धित अधिकारी बसेर मात्रै हिसाबबारे थाहा हुने बताए ।

काठमाडौंका सबै वडामा सडक बत्ती जडान छन् । कतिपय स्थानमा सोलारबाट छन् भने कतिपय स्थानमा विद्युतबाट चल्ने बत्ती जडित छन् । निजी क्षेत्र, सार्वजनिक संस्था तथा निकायले राखेको बत्तीको महसुल पनि प्राधिकरणले महानगरको नाममा राखिदिने गरेको राजस्य विभाग प्रमुख अधिकारीले दाबी गरे ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
5 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Ratna Pariyar
Guest
Ratna Pariyar
September 7, 2022 4:22 pm

महानगरपालिकाले के गल्ली गर्यो र हजुर लिन भन्दा दिन धेरै रहेछ किन डराउने?प्राधिकरण

padamghising🇳🇵 officle🇳🇵 Rataghare
Guest
padamghising🇳🇵 officle🇳🇵 Rataghare
September 7, 2022 6:44 pm

जत्रो् कोरालो उत्रै बाघ खैके खैके

Momilan Sunuwar
Guest
Momilan Sunuwar
September 7, 2022 8:30 pm

महानगरले तिरेन होला। प्राधिकरण को दावी सहि छ। किन कि सरकारको रवैया नीति त हाम्लाइ थाहा छ नि। तेसैले महानगरले सफलता पाइरहेको प्राधिकरण को बाटोमा तगारो हाल्नुहुन्न।

surendra nakarmi
Guest
surendra nakarmi
September 7, 2022 9:34 am

MAHANAGAR $ PRADHIKARAN KO DOHORI GEET arthapurna xa.

Bishnu
Guest
Bishnu
September 8, 2022 10:58 pm

वास्तवमा, यो एक जटिल अवस्था हो। काठमाडौं महानगरपालिकाले औपचारिक रुपमा जडान गरेको बिजुलीको मिटर रिडिङका आधारमा मात्रै आधिकारिक शुल्क तिर्ने भनेको पनि जायज छ । र यो नेपाल विद्युत् प्राधिकरण, मलाई लाग्छ कि तिनीहरूले निजी व्यक्तिहरूलाई तिनीहरूको कष्टप्रद तार र ट्रान्सफर्मरले गर्दा हुने नोक्सानको क्षतिपूर्ति गर्नुपर्दैन कि उनीहरूले राखेको ठाउँको लागि ठाउँ र जग्गा किन्नु पर्दैन?



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस