×
Lagani
Lagani Shiksha gif
लगानी शिक्षा : ब्लू चिप सेयर भनेको के हो ? ब्लू चिप सेयरमा किन लगानी गर्ने ?



धेरै वर्षदेखि नाफा कमाएको राम्रो स्थापित र आर्थिक रूपमा राम्रो कम्पनीको शेयरलाई ब्लू चिप भनिन्छ।

ब्लू-चिप सेयरहरूको बजार पूंजीकरण सामान्यतया अरबौंमा हुन्छ। यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ । ब्लु चिप कम्पनीमा लामो समयसम्म लगानी गरेमा सकारात्मक प्रतिफल प्राप्त हुने सम्भावना छ । ब्लु चिप शेयरहरू कम जोखिमपूर्ण हुन्छन् र तिनीहरूसँग सधैं तरलता हुन्छ जसको मतलब क्रेता र बिक्रेताले यसमा निरन्तर खरिद र बिक्री गरिरहन्छन्।

Lagani Shiksha gif
sharehubapk लगानी शिक्षा : ब्लू चिप सेयर भनेको के हो ? ब्लू चिप सेयरमा किन लगानी गर्ने ?

ब्लू चिप शेयरको सन्दर्भमा ध्यान दिनुपर्ने कुराहरू

ब्लू चिप शेयरहरु महँगो हुन्छन, त्यसैले तिनीहरू छिटो बढ्ने आशा गर्न सकिँदैन। त्यसकारण छोटो समयमा त्यी सेयरबाट नाफा कमाउन सकिदैन। सेयर बजारमा लगानी गर्न थालेका र कम जोखिम लिई शेयर बजारमा लगानी गर्न चाहनेले ब्लु चिप सेयरबाट लगानी सुरु गर्न सक्नेछन् । ब्लू चिप सेयरले कहिले पनि मल्टिब्यागर रिटर्न (आफ्नो लागत भन्दा धेरै गुणा रिटर्न दिने शेयर ) कमाउन सक्दैन किनभने यी शेयरहरूले पहिले नै मल्टिब्यागर रिटर्न कमाइसकेका छन्। ब्लु चिप सेयरबाट राम्रो नाफा कमाउन कम्तीमा ४ देखि ५ वर्षसम्म लगानी गर्नुपर्छ ।

ब्लू चिप सेयरका फाइदा के के छन् ?

ब्लू चिप शेयर संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुन्छन। यस्ता कम्पनीमा लगानी गर्दा हाम्रो लगानी डुब्ने जोखिम कम हुन्छ।

यस प्रकारको सेयरमा तपाईले स्थिर प्रतिफल प्राप्त गर्नुहुन्छ, किनभने कम्पनीको उच्च बजार क्यापको कारण स्टकको अस्थिरता कम हुन्छ।बजारमा ब्लुचिप सेयरका शेयरधनीहरुको संख्या धेरै भएकाले उनीहरुको सेयरमा तरलता बढी हुने भएकाले क्रेता र बिक्रेता सजिलै भेटिन्छन् । स्टेबल रिटर्न अन इक्विटी (ROE), हाई प्राइस टु अर्निङ (PE) आदि पनि साधारण कम्पनीहरू भन्दा राम्रो हुन्छन । ब्लू चिप एउटा सेक्टर लिडर भएकाले कुनै सेक्टरमा बृद्धि हुदा सबै भन्दा धेरै यी कम्पनीहरुको सेयर नै धेरै बढ्ने गर्छ।

ब्लू चिप सेयरमा किन लगानी गर्ने ?

ठूला वा साना सबै लगानीकर्ताहरूको पोर्टफोलियोमा ब्लू चिप सेयरहरू हुनै पर्छ। किनभने ब्लू चिप सेयरले पोर्टफोलियोलाई स्थिरता प्रदान गर्दछ र सामान्यतया सबै ब्लू चिप कम्पनीहरूले नियमित लाभांश दिन्छन् जुन नियमित आम्दानीको स्रोत बन्न सक्छ।

के कुरामा ध्यान दिने ?

ब्लु चिप, मिड क्याप वा स्मॉल क्याप होस्, कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसको सही आधारभूत विश्लेषण र प्राविधिक विश्लेषण गर्नुपर्छ । सेयर बजार अनिश्चितताले भरिएको छ, आज ब्लु चिप कम्पनी बनेको कम्पनी भविष्यमा टाट पल्टिन सक्छ । त्यसैले लगानी गर्नु अघि अनुसन्धान गर्नुहोस्।

नेपालका केहि ब्लू चिप कम्पनीहरु :

नेपालमा नविल बैङ्क , एभरेष्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, स्टान्डर्ड चार्टर्ड बैङ्क , युनिलिभर नेपाल लिमिटेड, नेपाल लाइफ , शिखर इन्सोरेन्स , छिमेक लघुवित्त , नेपाल टेलिकम , बोटलर्स नेपाल तराइ , साल्ट ट्रेडिङ्ग आदिलाई ब्लू चिप कम्पनीहरु मान्ने गरिन्छ। तर हाल सेयर बजारको गिरावटले यी कम्पनीको सेयर मूल्य पनि घटेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस