×
Lagani
Lagani Shiksha gif
रुकुममा पहिलोपटक तीन मेघावाटको विद्युत उत्पादन, वार्षिक १० करोड आम्दानी हुने अपेक्षा



सुर्खेत, १८ असोज । कर्णाली प्रदेशको रुकुम पश्चिममा पहिलोपटक ३.३ मेघावाटको विद्युत उत्पादन सुरु भएको छ । रुकुम पश्चिमको बाँफिकोटमा बनेको स्यार्पू हाइड्रोबाट सो परिमाणमा विद्युत उत्पादन गरी परीक्षण थालिएको निर्माण कम्पनीले जनाएको छ । 

करिब ६० करोड बढी लगानीमा निर्माण सम्पन्न आयोजनामा जिल्लाका ६ वटै पालिकाहरुको लगानी छ । यसमा सरकारको ५५ प्रतिशत र नागरिकको ४५ प्रतिशत लगानी रहने  स्यार्पु पावर कम्पनीका सिईओ प्रदीप वलीले जानकारी दिए । उनका अनुसार बाँकी लगानी जुटाउन नागरिककाका लागि आईपिओ जारी गर्ने तयारी भइरहेको हो ।

Lagani Shiksha gif
sharehubapk रुकुममा पहिलोपटक तीन मेघावाटको विद्युत उत्पादन, वार्षिक १० करोड आम्दानी हुने अपेक्षा

२०७५ भदाैमा दर्ता गरिएको उक्त आयोजनाको २०८० मंसिर २५ गते तत्कालीन प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले शिलान्यास गरेका थिए ।

धैरैनीचौरमा सवस्टेशन निर्माण गरिएको उक्त आयोजनाको प्रसारण लाईनको अवस्था, सुधार गर्नुपर्ने कामका लागि १५ दिनको पीक्षण थालिएको सिइैओ वलीले जानकारी दिए । ततपश्चात हाइड्रोबाट व्यावसायिक उत्पादन थालिने र यसबाट वार्षिक १० करोड आम्दानी गर्न सकिने प्रक्षेपण गरिएको उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणको अनुमतिपश्चात व्यावसायिक उत्पादन सुरु गर्ने तयारी भइसकेको छ भने उत्पादित विद्युत प्राधिकरणले खरिद गर्ने समझदारी भइसकेको छ । प्राधिकरणले वार्षिक एक करोड ८१ लाख युनिट विद्युत खरिद गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस