×
Lagani
Lagani Shiksha gif
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति सार्बजनिक , कसरी हेर्ने नतिजा ?



बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड मिति तय भएको छ।

आईपीओको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले असोज ५ गते सोमबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता आईपीओ निष्काशन गरेको थियो। आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड हुनेछ। आईपीओ बाँडफाँडपछि ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। आवेदन दिने बाँकी आवेदक भने सेयर प्राप्त गर्नबाट वञ्चित हुनेछन्।

Lagani Shiksha gif
sharehubapk बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति सार्बजनिक , कसरी हेर्ने नतिजा ?

आईपीओको नतिजा कसरी हेर्ने?

बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड भएपछि आवेदकले आफ्नो नतिजा मेरोसेयरमार्फत हेर्न सक्नेछन्। त्यसैगरी बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आईपीओ रिजल्ट पोर्टलबाट समेत नतिजा हेर्न सकिनेछ। नतिजा हेर्न सम्बन्धित वेबसाइटमा गई आईपीओ रिजल्ट सेक्सनमा आवश्यक विवरण भरेपछि आफूलाई सेयर परेको वा नपरेको जानकारी प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस