×
Lagani
Lagani Shiksha gif
३१ जनाले पाए १ लाख २ जनाले १० लाख , तपाईलाई पर्यो कि परेन यसरि हेर्नुहोस ?



अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ।

भदौ महिनाका लागि स्थगित भएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम आज असोज १ गते आन्तरिक राजस्व विभाग, लाजिम्पाटको सभाहलमा सम्पन्न भएको हो। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम स्थगित भएको थियो। त्यसपछि भदौ महिनाका लागि घोषणा हुन बाँकी सबै विजेताको नतिजा आज एकैपटक सार्वजनिक गरिएको हो।

Lagani Shiksha gif
sharehubapk ३१ जनाले पाए १ लाख २ जनाले १० लाख , तपाईलाई पर्यो कि परेन यसरि हेर्नुहोस ?

आन्तरिक राजस्व विभागका अनुसार भदौ महिनाका लागि कुल ३३ जना विजेता छनोट भएका छन्। त्यसमध्ये ३१ जना नियमित विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने २ जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। भदौ १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको छ। त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा थप १६ जना नियमित विजेता र एक जना बम्पर विजेता छनोट गरिएको हो।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्

यसरी भदौ महिनामा ३१ जना नियमित विजेता र २ जना बम्पर विजेतासहित कुल ३३ जना विजेता घोषणा भएका छन्।  आफ्नो कुपन नम्बरका आधारमा नतिजा जाँच गर्न IRD Prize Result Checking बाट पनि सजिलै नतिजा हेर्न सकिनेछ। नतिजा जाँच गर्न आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेटमा गई सम्बन्धित IRD तथा कुपन विवरण हेर्नुहोस्। त्यहाँ प्राप्त कुपन नम्बर कपी गरी IRD Prize Result Checking मा आफ्नो कुपन नम्बर राखेर नतिजा जाँच गर्न सकिन्छ।

आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि करदातालाई करसम्बन्धी दायित्व नियमित रूपमा पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। कार्यक्रमअन्तर्गत करदाताले करसम्बन्धी कारोबार तथा दायित्व पूरा गर्दा प्राप्त हुने विवरणका आधारमा उपहारका लागि सहभागी हुने व्यवस्था गरिएको छ।

विभागले कार्यक्रम सञ्चालनका लागि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ समेत सार्वजनिक गरिसकेको छ। कार्यविधिअनुसार सामान्य अवस्थामा प्रत्येक महिनाको १ गते र १६ गते उपहार विजेता छनोट तथा घोषणा गर्ने व्यवस्था रहेको छ। तर भदौ १६ गतेको कार्यक्रम विपद्को अवस्थाका कारण स्थगित भएपछि उक्त दिन सार्वजनिक हुनुपर्ने नतिजासमेत असोज १ गतेको कार्यक्रममा समेटिएको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
4 Comments
Most Voted
Newest Oldest
सिक्र राम राइ
Guest
सिक्र राम राइ
September 17, 2026 7:24 pm

पुरस्कार पाउने को नाम र कन्त्याक नम्बर नि साथै प्रकासन गर्दा राम्रो होला कि?

Baitul Karim miya
Guest
Baitul Karim miya
September 24, 2026 12:32 am

मेरो नाम baitul Karim miya ho ma pokhara ward number 13 ko basinda ho. मलाइ करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्ग उपहार बिजेता हु मैले मेरो सबै कागजात पोखरा अन्तरीक राजेश्सो भिभाग मा बूझाई सकेको छु last Monday. उहाँले हामी call गर्छौ तपाईँ लाई vannu vayeko xa. I’m waiting for call.

सिक्र राम राइ
Guest
सिक्र राम राइ
September 17, 2026 7:20 pm
Dirgha bk
Guest
Dirgha bk
September 17, 2026 8:57 pm


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस