×
Lagani
Lagani Shiksha gif
११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमै सीमित



काठमाडौं, २० असोज । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने सामान्य बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.०० अंक, फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ।

Lagani Shiksha gif
sharehubapk ११.९६ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमै सीमित

आज कारोबारमा आएको १३ मध्ये दुई उपसमूहको सेयर मूल्य घटेको छ । बाँकी ११ उपसमूहको सेयर मूल्य बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार तीन अर्ब २७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज कारोबारमा तीन अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज पनि घलेम्दी हाइड्रो कम्पनीको २३ करोड ९१ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। लिबर्टी इनर्जीको करिब १४ करोड र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे नौ करोड रुपैयाँ नाघेको छ।

त्रिशुली जलविद्युत कम्पनीको सेयरमूल्य ५.११ प्रतिशत बढेको छ। मूल्य बढेका अन्य स्टकहरुको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ। सर्वोत्तम पेन्ट्सको सेयरमूल्य करिब ५ प्रतिशत घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस