×
Lagani
Lagani Shiksha gif
शेयर बजारमा लगानी गर्नुअघि सिक्न चाहनेका लागि नेप्से बजारको ‘लगानी शिक्षा’



पछिल्लो समय नेपालमा शेयर बजारप्रति सर्वसाधारणको चासो बढ्दै गएको छ। आईपीओदेखि दोस्रो बजारसम्म लगानीकर्ताको सहभागिता विस्तार भइरहे पनि शेयर बजारमा लगानी गर्नुअघि आवश्यक ज्ञान र अभ्यासको अभाव भने अझै धेरैमा देखिन्छ। यही आवश्यकतालाई ध्यानमा राख्दै नेप्से बजारले शेयर बजार सिक्न र अभ्यास गर्न सकिने डिजिटल प्लेटफर्म ‘लगानी शिक्षा’ सञ्चालनमा ल्याएको छ।

लगानी शिक्षा मार्फत शेयर बजारका विभिन्न पक्षलाई सरल नेपाली भाषामा अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ। शेयर बजारको आधारभूत जानकारीदेखि कम्पनीको अध्ययन, आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण, शेयरको मूल्यांकन, जोखिम व्यवस्थापन तथा लगानीसम्बन्धी विभिन्न विषयलाई व्यवस्थित रूपमा सिक्न सकिने गरी सामग्री तयार गरिएको छ।

Lagani Shiksha gif
sharehubapk शेयर बजारमा लगानी गर्नुअघि सिक्न चाहनेका लागि नेप्से बजारको ‘लगानी शिक्षा’

लगानी शिक्षा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस्

Screenshot 2026 08 23 184348 शेयर बजारमा लगानी गर्नुअघि सिक्न चाहनेका लागि नेप्से बजारको ‘लगानी शिक्षा’

शेयर बजारमा प्रवेश गर्ने धेरै लगानीकर्ताले अरूको सुझाव, सामाजिक सञ्जालमा आएका सूचना वा बजारको हल्लाका आधारमा शेयर खरिद गर्ने गरेको पाइन्छ। तर कुनै पनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको अवस्था, वित्तीय विवरण, मूल्यांकन, बजारको अवस्था र सम्भावित जोखिमबारे आफैं अध्ययन गर्न सक्ने क्षमता विकास गर्नु महत्वपूर्ण हुन्छ। लगानी शिक्षाले यही विषयमा लगानीकर्तालाई अध्ययन गर्ने आधार तयार गर्ने उद्देश्य राखेको छ।

लगानी शिक्षाको विशेष पक्ष भनेको अध्ययनसँगै अभ्यास गर्न सकिने सुविधा पनि हो। प्लेटफर्ममा उपलब्ध टीएमएस सिमुलेटरमार्फत वास्तविक पैसा प्रयोग नगरी शेयर खरिद तथा बिक्रीको अभ्यास गर्न सकिन्छ। वास्तविक कारोबार सुरु गर्नुअघि कारोबार प्रक्रिया बुझ्न, आफ्नो रणनीति परीक्षण गर्न तथा शेयर किनबेच गर्दा आउने विभिन्न अवस्थालाई अभ्यासमार्फत अनुभव गर्न यसले सहयोग गर्नेछ।
लगानी शिक्षा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस्

Screenshot 2026 08 19 191826 शेयर बजारमा लगानी गर्नुअघि सिक्न चाहनेका लागि नेप्से बजारको ‘लगानी शिक्षा’

यसका साथै प्लेटफर्ममा डिजिटल पुस्तक, भिडियो पाठ्यक्रम, प्राविधिक विश्लेषणका लागि चार्ट तथा विभिन्न उपकरण, पोर्टफोलियो व्यवस्थापन, शेयर बजारसम्बन्धी सामग्री र कृत्रिम बुद्धिमत्तामा आधारित प्राविधिक विश्लेषणलगायतका सुविधा पनि समेटिएका छन्। यसले शेयर बजारसम्बन्धी ज्ञान लिन चाहने व्यक्तिलाई विभिन्न सामग्री र अभ्यासका माध्यम एउटै स्थानमा उपलब्ध गराउने प्रयास गरेको छ।

लगानी शिक्षा अन्तर्गत तयार गरिएका सामग्रीमा शेयर बजारलाई केवल शेयर किनबेच गर्ने माध्यमका रूपमा नभई अध्ययन र विश्लेषण आवश्यक पर्ने क्षेत्रका रूपमा बुझाउने प्रयास गरिएको छ। कम्पनी छनोट गर्दा के हेर्ने, वित्तीय अवस्था कसरी बुझ्ने, चार्ट कसरी अध्ययन गर्ने, जोखिमलाई कसरी व्यवस्थापन गर्ने र लगानी गर्दा आफ्नै निर्णय क्षमताको विकास किन आवश्यक छ भन्ने विषयलाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य राखिएको छ।

Screenshot 2026 08 19 192030 शेयर बजारमा लगानी गर्नुअघि सिक्न चाहनेका लागि नेप्से बजारको ‘लगानी शिक्षा’

शेयर बजारमा लगानी गर्दा नाफाको कुनै निश्चित ग्यारेन्टी हुँदैन। त्यसैले अरूको भनाइमा मात्र निर्भर भएर लगानी गर्नुभन्दा बजार र कम्पनीबारे आफैं अध्ययन गर्ने बानी विकास गर्नु आवश्यक हुन्छ। यसैलाई केन्द्रमा राखेर नेप्से बजारले ‘पहिले सिकौं, बुझौं र अभ्यास गरौं, त्यसपछि मात्र लगानी गरौं’ भन्ने अवधारणालाई अघि बढाएको छ।

नेप्से बजारका अनुसार शेयर बजारमा लगानी गर्ने रकमभन्दा पहिले आफ्नो ज्ञानमा गरिएको लगानी पनि महत्वपूर्ण हुन्छ। बजारमा आउने उतारचढावलाई बुझ्न, जोखिम पहिचान गर्न र आफ्ना निर्णयलाई व्यवस्थित बनाउन आवश्यक ज्ञान हासिल गर्नु दीर्घकालीन रूपमा महत्वपूर्ण हुने भएकाले लगानी शिक्षालाई त्यसैको सुरुवातका रूपमा विकास गरिएको हो।

Screenshot 2026 08 19 191855 शेयर बजारमा लगानी गर्नुअघि सिक्न चाहनेका लागि नेप्से बजारको ‘लगानी शिक्षा’

शेयर बजारबारे सिक्न चाहने, आफ्नै अध्ययनका आधारमा लगानी निर्णय लिन चाहने तथा वास्तविक कारोबारअघि अभ्यास गर्न चाहने व्यक्तिका लागि लगानी शिक्षा उपयोगी डिजिटल माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ।

लगानी शिक्षा प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
Gopal Gautam
Guest
Gopal Gautam
September 26, 2026 5:55 pm
Deepak Pathak
Guest
Deepak Pathak
September 26, 2026 8:07 pm

Mero UAE sim vayako karan le garda maile video hena paina😥😥



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस