×
Lagani
Lagani Shiksha gif
शेयर बजार सिक्ने नेप्से बजारको प्लेटफर्म सार्वजनिक, फन्डामेन्टलदेखि टेक्निकलसम्म सबै कुरा एउटै ठाउँमा



शेयर बजारमा लगानी गर्नुअघि बजारलाई बुझ्ने, कम्पनीको अवस्था अध्ययन गर्ने र लगानी निर्णयको अभ्यास गर्ने उद्देश्यले नेप्से बजारले ‘लगानी शिक्षा’ प्लेटफर्म सार्वजनिक गरेको छ।

फन्डामेन्टल एनालाइसिसदेखि टेक्निकल एनालाइसिससम्म शेयर बजारसँग सम्बन्धित विभिन्न विषयलाई एउटै प्लेटफर्ममा अध्ययन तथा अभ्यास गर्न सकिने गरी ‘लगानी शिक्षा’ तयार गरिएको हो। शेयर बजारमा प्रवेश गर्न चाहने तथा बजारमा कारोबार गरिरहेका लगानीकर्ताका लागि आवश्यक पर्ने ज्ञानलाई व्यवस्थित रूपमा उपलब्ध गराउने उद्देश्यले प्लेटफर्म विकास गरिएको नेप्से बजारले जनाएको छ। बजारका आधारभूत विषयदेखि कम्पनीको वित्तीय अवस्था अध्ययन, शेयर मूल्यांकन, चार्ट अध्ययन, प्राविधिक सूचक, जोखिम व्यवस्थापन तथा कारोबार अभ्याससम्मका सामग्री एउटै स्थानमा उपलब्ध गराइएको छ।

Lagani Shiksha gif
sharehubapk शेयर बजार सिक्ने नेप्से बजारको प्लेटफर्म सार्वजनिक, फन्डामेन्टलदेखि टेक्निकलसम्म सबै कुरा एउटै ठाउँमा

Screenshot 2026 10 08 173911 शेयर बजार सिक्ने नेप्से बजारको प्लेटफर्म सार्वजनिक, फन्डामेन्टलदेखि टेक्निकलसम्म सबै कुरा एउटै ठाउँमा

‘लगानी शिक्षा’मा फन्डामेन्टल एनालाइसिसअन्तर्गत कम्पनीको वित्तीय विवरण कसरी पढ्ने, EPS, ROE, ROA, नाफा, आम्दानी, ऋण, बजार पूँजीकरण, मूल्यांकनलगायतका विषय अध्ययन गर्न सकिने सामग्री राखिएको छ। त्यस्तै, कम्पनीको अवस्था र सम्भावित लगानी अवसरबारे अध्ययन गर्दा आवश्यक पर्ने विभिन्न वित्तीय अनुपात तथा सूचकलाई सरल रूपमा बुझाउने प्रयास गरिएको छ।
लगानी शिक्षा मा जान यहाँ क्लिक गर्नुहोस्

त्यसैगरी, टेक्निकल एनालाइसिसतर्फ चार्ट तथा मूल्यको चाल अध्ययन गर्न आवश्यक पर्ने विभिन्न प्राविधिक उपकरण र सूचकहरू समेटिएका छन्। चार्ट प्याटर्न, क्यान्डलस्टिक, ट्रेन्ड, सपोर्ट–रेजिस्टेन्स तथा विभिन्न प्राविधिक सूचकको प्रयोगमार्फत बजारको मूल्य गतिविधि कसरी अध्ययन गर्ने भन्ने विषयमा पनि सामग्री उपलब्ध गराइएको छ।

Screenshot 2026 10 08 173954 शेयर बजार सिक्ने नेप्से बजारको प्लेटफर्म सार्वजनिक, फन्डामेन्टलदेखि टेक्निकलसम्म सबै कुरा एउटै ठाउँमा

प्लेटफर्मको अर्को विशेषता डिजिटल बुक सुविधा हो। शेयर बजारमा बारम्बार सुनिने तर स्पष्ट रूपमा नबुझिएका विषयलाई छुट्टाछुट्टै डिजिटल पुस्तकका रूपमा अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ। शर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ, मार्जिन ट्रेडिङ, अड लट कारोबार, ओटीसी मार्केट, ब्लु चिप शेयर, बजार पूँजीकरण, बुक क्लोज, आईपीओ, बुक बिल्डिङ, WACC लगायतका विषयलाई अध्यायगत रूपमा अध्ययन गर्न सकिन्छ।

पढेर मात्र सीमित नराखी सिकेको विषयलाई व्यवहारमा अभ्यास गर्न सकियोस् भन्ने उद्देश्यले प्लेटफर्ममा TMS Simulator समेत उपलब्ध गराइएको छ। यसमार्फत वास्तविक पैसा प्रयोग नगरी शेयर खरिदबिक्री, अर्डर राख्ने तथा कारोबारको अभ्यास गर्न सकिन्छ। यसले वास्तविक कारोबार सुरु गर्नुअघि TMS को प्रक्रिया बुझ्न र आफ्नो रणनीति परीक्षण गर्न सहयोग गर्ने प्लेटफर्मको उद्देश्य रहेको छ।

TMS Simulator मा गरिएको खरिद–बिक्री अभ्यासलाई पोर्टफोलियो प्रणालीसँग जोडेर हेर्न सकिने सुविधा पनि राखिएको छ। यसबाट प्रयोगकर्ताले आफूले गरेको अभ्यास कारोबार, खरिद मूल्य, नाफा–घाटा तथा पोर्टफोलियोको अवस्थालाई हेर्दै लगानी व्यवस्थापनको अभ्यास गर्न सक्छन्।‘लगानी शिक्षा’मा डिजिटल बुकसँगै भिडियो कोर्स, क्विज, न्युजलेटर, पोर्टफोलियो म्यानेजर तथा विभिन्न चार्ट र प्राविधिक विश्लेषणका उपकरणसमेत उपलब्ध छन्। पछिल्लो सुविधाका रूपमा कृत्रिम बुद्धिमत्तामा आधारित प्राविधिक विश्लेषण तथा थप शैक्षिक सामग्री पनि प्लेटफर्ममा समावेश गरिएको छ।

Screenshot 2026 08 19 191826 शेयर बजार सिक्ने नेप्से बजारको प्लेटफर्म सार्वजनिक, फन्डामेन्टलदेखि टेक्निकलसम्म सबै कुरा एउटै ठाउँमा

यसरी शेयर बजारबारे पढ्ने, हेर्ने, सिकेको कुरा परीक्षण गर्ने र कारोबारको अभ्यास गर्ने सुविधालाई एउटै स्थानमा उपलब्ध गराउने प्रयास गरिएको नेप्से बजारको भनाइ छ। विभिन्न वेबसाइट, सामाजिक सञ्जाल वा अन्य स्रोतमा छरिएका सामग्री खोजिरहनुभन्दा आवश्यक विषयलाई क्रमबद्ध रूपमा अध्ययन गर्न सकिने गरी प्लेटफर्म निर्माण गरिएको छ।

Screenshot 2026 10 08 174024 शेयर बजार सिक्ने नेप्से बजारको प्लेटफर्म सार्वजनिक, फन्डामेन्टलदेखि टेक्निकलसम्म सबै कुरा एउटै ठाउँमा

शेयर बजारमा लगानी गर्दा नाफाको निश्चित ग्यारेन्टी नहुने भएकाले कम्पनीको अवस्था, वित्तीय विवरण, मूल्यांकन, बजारको अवस्था र जोखिमबारे आफैं अध्ययन गर्ने क्षमता विकास गर्नु आवश्यक हुन्छ। यही पक्षलाई ध्यानमा राख्दै ‘लगानी शिक्षा’लाई केवल पढ्ने ई–बुकका रूपमा नभई ज्ञानसँगै अभ्यास गर्न सकिने सिकाइ प्लेटफर्मका रूपमा अघि बढाइएको नेप्से बजारले जनाएको छ।
लगानी शिक्षा मा जान यहाँ क्लिक गर्नुहोस्
नेप्से बजारका अनुसार बजारमा लगानी गर्नुअघि आवश्यक ज्ञान हासिल गर्ने, आफ्नो निर्णय क्षमता विकास गर्ने र जोखिमलाई बुझेर अघि बढ्ने वातावरण तयार गर्नु ‘लगानी शिक्षा’को मुख्य उद्देश्य हो। फन्डामेन्टलदेखि टेक्निकल एनालाइसिससम्म शेयर बजारका विभिन्न पक्षलाई एउटै ठाउँमा समेटिएको यो प्लेटफर्ममार्फत लगानीकर्ताले आफ्नो आवश्यकता अनुसार विषय छनोट गरी अध्ययन र अभ्यास गर्न सक्नेछन्।

‘लगानी शिक्षा’ अनलाइन प्लेटफर्ममार्फत उपलब्ध रहेको छ। शेयर बजार सिक्न चाहनेहरूले डिजिटल सामग्रीसँगै भिडियो, क्विज, TMS Simulator र पोर्टफोलियो व्यवस्थापनजस्ता सुविधाको प्रयोग गर्न सक्नेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस