EBL 605 5 SPDL 310 5 MBL 255 -4 NHDL 570 0 RLFL 625 6.9 SLBBL 958.9 -4.2 NIMB 241.9 -9.1 TRH 1118 -5 KMCDB 1027.8 -11.1 MHCL 410 -7 HBLD83 1056.3 0.3 UPCL 262.2 -2.7 MANDU 885 -14 SARBTM 765 -5 RAWA 889 29 PBLD87 1028 -2 SPHL 666.9 16.9 NIBSF2 8.9 0.08 SINDU 667 -6 NRM 426.1 -4.9 SMHL 613.1 -4 MBJC 321 -8 GFCL 1051.1 6 SIGS2 10.05 0 CFCL 647 27.1 JBLB 1534 -3 KKHC 260 -2 SBL 345 -8.1 NICGF2 8.78 -0.02 AKJCL 209 -3 NICA 452 -13 JOSHI 305 -6.8 KSBBL 448 -3 SNLI 585.1 -0.9 SRBLD83 1065 -10 SBLD84 1040 19.3 SALICO 747 -9.1 DDBL 916.2 3.1 HRL 861 -4 UNLB 2527 -3.9
×
बैरो संघको प्रथम उपाध्यक्षमा अख्तर हुसेनको स्वतन्त्र उम्मेदवारी



काठमाडौ, २३ चैत । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यहि चैत्र २९ गते हुने  निर्वाचनमा वैदेशिक रोजगार व्यवसायमा लामो अनुभव बटुलेका ओभरसिज इम्प्लोइमेन्टका अध्यक्ष  अख्तर हुसेनले प्रथम उपाध्यक्षमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा गरेका छन ।

संघको नेतृत्वका लागि अप्राकृतिक दलगत गठबन्धन र तालमेलप्रति असन्तुष्टि जनाउँदै व्यवसायी हुसेनले व्यवसायीका पक्षमा काम गर्नका लागि कुनै पार्टीमा नलागि स्वतन्त्र रुपमा प्रथम उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।

 

तराई वैदेशिक रोजगार समाजका वरिष्ठ उपाध्यक्ष समेत रहेका हुसेन व्यवसायी माझ परिचित पुराना मेनपावर ब्यावसायी हुन । स्पष्ट वक्ताका रुपमा आफ्नो पहिचान बनाएका हुसेन अघिल्लो कार्यसमितिमा द्धितिय उपाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका थिए ।

संघलाई पार्टीमुखी नभई व्यवसायीमुखी बनाउनुपर्छ भन्ने मान्यता राख्ने हुसेन संघको ३२ बर्षे इतिहाँसमा राजनैतिक  पार्टीले व्यवसायीलाई दुःख बाहेक केही नदिएकोले त्यसलाई चिर्न स्वतन्त्ररुपमा उम्मेदवारी घोषणा गरेको बताउँछन ।

आगामी कार्यकालका लागि संघको नेतृत्वमा जानेहरुले राजनैतिक खोल ओडेका कारण चित्त नबुझेर सक्षम र स्वतन्त्र व्यवसायीले नेतृत्व गर्नुपर्छ भन्दै प्रथम उपाध्यक्ष पदमा उम्मेद्धवारी दिएको उनले बताए । वैदेशिक रोजगारलाई सम्मानित, मर्यादित र व्यवस्थित रोजगार बनाउने मान्यता बोकेर संघको नेतृत्व गर्नका लागि अघि बढेको समेत हुसेन बताउँछन् ।  संघको पदमा नहुँदा पनि डिजिटल प्रतिकारको अवधारणा ल्याएर व्यवसायीलाई सोसलाइज, सुरक्षित र एकीकृत गराउन सकेकोले अव यो व्यवसायलाई सम्मानित बनाउन आफ्नो उम्मेदवारी दिएको हुसेनले बताए ।

व्यावसायीहरु मध्येबाट स्वतन्त्र छविका रुपमा परिचित हुसेनकोे उम्मेद्धवारी घोषणासँगै स्वतन्त्र रुपमा लागेका व्यवसायी तथा अहिले नेतृत्वका लागि भएको तालमेलप्रति चित्त नबुझाएका व्यवसायीहरुले खुशी व्यक्त गरेका छन ।

 

संघको प्रथम उपाध्यक्षमा नरेश गेलाल प्यानलबाट सुजितकुमार श्रेष्ठ र भुवन गुरुङ प्यानलबाट नरेन्द्र ढकालले यस अगाडि नै उम्मेदवारी घोषणा गरिसकेका छन ।

हुसेनलाई स्वतन्त्र ब्याबसायीहरु र तराई वैदेशिक रोजगार समाजले समर्थन गरेका छ्न । हुसेनले आफू ब्याबसायीको सही मागहरु लिएर ब्याबसायीमाझ गएको र सबै  ब्याबसायीले साथ दिने वचन दिएको बताए 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस