×
Lagani
Lagani Shiksha gif
नेप्सेमा सूचीकृत दुई कम्पनीको आईपीओ , कतिमा भयो पहिलो कारोबार?



नेप्सेमा हालै सूचीकृत भएका सानिगाड हाइड्रो लिमिटेड (SGHL) र कालंगा हाइड्रो लिमिटेड (KAHL) को दोस्रो बजारमा पहिलो कारोबार ओपनिङ रेञ्जको माथिल्लो सीमामै सम्पन्न भएको छ।

सानिगाड हाइड्रो लिमिटेड (SGHL) को पहिलो कारोबार प्रतिकित्ता २९९ रुपैयाँ ३० पैसामा भएको हो। कारोबारको पहिलो दिन कम्पनीको २० कित्ता सेयर २ पटकको कारोबारमार्फत किनबेच भएको छ। कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा सूचीकृत दुई कम्पनीको आईपीओ , कतिमा भयो पहिलो कारोबार?

यस्तै, कालंगा हाइड्रो लिमिटेड (KAHL) को पहिलो कारोबार २९५ रुपैयाँ ४० पैसामा सम्पन्न भएको छ। पहिलो दिन कम्पनीको २० कित्ता सेयर २ पटकको कारोबार भएको छ। नेप्सेले केएएचएलका लागि ९८ रुपैयाँ ५६ पैसादेखि २९५ रुपैयाँ ६८ पैसासम्म ओपनिङ रेञ्ज तोकेको थियो।

दुवै कम्पनीको पहिलो कारोबार ओपनिङ रेञ्जको लगभग माथिल्लो सीमामै सम्पन्न भएकाले लगानीकर्ताको सकारात्मक चासो देखिएको छ। अब दुवै कम्पनीको सेयर नियमित कारोबार सत्रमा बजारको माग र आपूर्तिअनुसार मूल्य परिवर्तन हुँदै कारोबार हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस