×
Lagani
Lagani Shiksha gif
शेयर बजारमा स्पेसएक्सको शानदार शुरुवात, मस्क बने विश्वकै पहिलो खर्बपति



अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको सेयर बजारमा पहिलो कारोबारकै दिन उल्लेखनीय वृद्धि हासिल गरेको छ । यससँगै कम्पनीको बजार मूल्य २ खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको छ भने संस्थापक एलन मस्क विश्वकै पहिलो खरबपति बन्न सफल भएका छन् ।

कम्पनीको सेयर प्रतिकित्ता १५० अमेरिकी डलरमा कारोबार सुरु भएको थियो । कारोबारका क्रममा सेयर मूल्य बढेर १७६.५२ अमेरिकी डलरसम्म पुगेको थियो । दिनको अन्त्यमा भने सेयर १६१.११ अमेरिकी डलरमा बन्द भएको थियो । प्रारम्भिक सार्वजनिक निष्कासनको लक्ष्य मूल्य १३५ अमेरिकी डलरको तुलनामा सेयर मूल्य १९.३४ प्रतिशतले बढेको हो ।

Lagani Shiksha gif

विश्लेषकहरूका अनुसार सेयर मूल्यमा भएको मजबुत वृद्धि, सीमित उतारचढाव तथा खुद्रा लगानीकर्ताबाट प्राप्त उच्च मागका कारण कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन सफल भएको मानिएको छ। यस उपलब्धिसँगै स्पेसएक्स संयुक्त राज्य अमेरिकाको छैटौँ सबैभन्दा ठूलो सार्वजनिक कम्पनी बनेको छ ।

कर्भ इन्भेस्टमेन्ट म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हावार्ड चानले सेयरप्रति सुरुदेखिको माग हेर्दा यही परिणाम अपेक्षित रहेको बताएका छन् । उक्त कम्पनीले जुन महिनाभित्र स्पेसएक्समा लगानी गर्ने विनिमय कारोबार कोष सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

भिस्टाशेयर्सका लगानी विभाग प्रमुख डेभिड फेदरस्टनहाउले पनि बजारको प्रतिक्रिया अपेक्षाअनुसार नै रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार समग्र शेयर बजार पनि सामान्य रूपमा उकालो लागेको थियो । एस एन्ड पी पाँच सय सूचकांक ०.५ प्रतिशतले बढ्दा प्रविधि कम्पनीहरू केन्द्रित नास्डाक कम्पोजिट सूचकांक ०.३१ प्रतिशतले उकालो लागेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस