×
Lagani
Lagani Shiksha gif
सर्बसाधारणका लागि आइपीओ निष्कासन गर्दै ह्याम्स अस्पताल



काठमाडौं, ७ साउन । हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले साउन २९ गते बस्ने वार्षिक साधारणसभामा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार साधारणसभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ। सभाको मुख्य एजेन्डामध्ये आइपीओ निष्कासन र त्यसबाट प्राप्त हुने रकमको उपयोगसम्बन्धी प्रस्ताव अनुमोदन गर्नु रहेको छ।

Lagani Shiksha gif
sharehubapk सर्बसाधारणका लागि आइपीओ निष्कासन गर्दै ह्याम्स अस्पताल

यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ। आइपीओ प्रक्रियाका क्रममा नियामक निकायबाट कुनै सुझाव, संशोधन वा निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत सभाले पारित गर्ने कार्यसूची रहेको छ।

सभाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्नेछ। साथै, चालु आर्थिक वर्ष २०८३÷८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफलका लागि प्रस्तुत हुनेछ।

यसबाहेक, सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पनि साधारणसभाबाट अनुमोदन गरिने कम्पनीले जनाएको छ। आइपीओ प्रस्ताव पारित भएपछि कम्पनीले नियामक निकायबाट आवश्यक स्वीकृति लिएर सार्वजनिक निष्कासन प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस