×
Lagani
Lagani Shiksha gif
दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुने आदेश, अन्य मुद्दाका कारण भने थुनामै रहने



काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बीमा तथा धितोपत्रसम्बन्धी कसूरमा अभियोग लागेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले थुनछेक बहसपछि अग्रवालसँग कुल ५ करोड ८० लाख रुपैयाँ र भट्टसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।

अदालतले बीमा ऐनअन्तर्गतको कसूरमा अग्रवालसँग २ करोड रुपैयाँ र भट्टसँग १ करोड ५० लाख रुपैयाँ तथा धितोपत्रसम्बन्धी कसूरमा अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गरेको छ। साथै, हिमालयन रिइन्स्योरेन्सको संस्थापक सेयर नक्कली असाइनमेन्ट कागजात प्रयोग गरी बिक्री गरेको आरोपसँग सम्बन्धित छुट्टै मुद्दामा अग्रवालसँग थप २ करोड ३० लाख रुपैयाँ धरौटी मागिएको छ।

Lagani Shiksha gif
sharehubapk दीपक भट्ट र सुलभ अग्रवाल धरौटीमा रिहा हुने आदेश, अन्य मुद्दाका कारण भने थुनामै रहने

असार २४ गतेदेखि एक सातासम्म लगातार भएको थुनछेक बहसपछि अदालतले यी मुद्दामा पुर्पक्षका लागि थुनामा राखिरहनुपर्ने आवश्यकता नरहेको निष्कर्ष निकालेको हो। तर, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाले भट्ट र अग्रवाल तत्काल रिहा हुने छैनन्।

यही मुद्दामा अदालतले कृषव अग्रवाल, पूर्व सञ्चालक दीपककुमार श्रेष्ठ, सुजल मल्लसहित अन्य १२३ प्रतिवादीलाई पनि धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस