×
Lagani
Lagani Shiksha gif
सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट मिति सार्बजनिक , तपाईलाई पर्ने सम्भावना कति ?



। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिएका लगानीकर्ताको प्रतीक्षा अब अन्त्य हुने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओको बाँडफाँट असार ११ गते बिहीबार गर्ने तयारी गरिएको छ। निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार आईपीओ बाँडफाँटका लागि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बाँडफाँट सम्पन्न भएसँगै लगानीकर्ताले आफ्नो नतिजा हेर्न सक्नेछन्।

Lagani Shiksha gif
sharehubapk सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट मिति सार्बजनिक , तपाईलाई पर्ने सम्भावना कति ?

कम्पनीले जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ५ हजार ५ सय कित्ता शेयर बिक्री खुला गरेको थियो। सीमित परिमाणको शेयरका लागि ठूलो संख्यामा आवेदन परेकाले गोलाप्रथामार्फत शेयर वितरण गरिने भएको हो।

बाँडफाँटपछि ७० हजार ५५० जना आवेदकले मात्रै शेयर हात पार्नेछन् भने बाँकी अधिकांश आवेदक भने यसपटक पनि खाली हात रहनेछन्। यस कारण सर्वोत्तम पेन्ट्सको आईपीओ परिणामप्रति लगानीकर्ताको विशेष चासो देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस