×
Lagani
Lagani Shiksha gif
गृहमन्त्रीमाथि आक्रमण भएको समाचारबारे गृह मन्त्रालयले दियो यस्तो जवाफ !



सामाजिक सञ्जालमा गृहमन्त्री सुदन गुरुङमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण भएको भन्ने दाबी सहितको समाचार व्यापक रूपमा फैलिएको छ। तर गृह मन्त्रालयले उक्त समाचारलाई पूर्ण रूपमा भ्रामक, कपोलकल्पित तथा आधारहीन भएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमा फैलिएको उक्त दाबीमा “गृहमन्त्रीमाथि हिजो राति एक समूहद्वारा आक्रमण भएको, उहाँलाई उपचारका लागि अस्पताल लगिएको र स्वास्थ्य अवस्था स्थिर तर गम्भीर रहेको” जस्ता विवरण उल्लेख गरिएको थियो। साथै घटनालाई लिएर सुरक्षा अवस्था र राज्य संयन्त्रप्रति प्रश्न उठाउँदै भावनात्मक टिप्पणीहरू समेत समावेश गरिएको थियो।

Lagani Shiksha gif
sharehubapk गृहमन्त्रीमाथि आक्रमण भएको समाचारबारे गृह मन्त्रालयले दियो यस्तो जवाफ !

तर मन्त्रालयले यस्तो कुनै घटना नै नभएको र गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने समाचार पूर्ण रूपमा झुटो रहेको जनाएको छ। मन्त्रालयले जारी गरेको स्पष्टिकरणमा भनिएको छ, “गृहमन्त्रीमाथि आक्रमण भएको भन्ने समाचार भ्रामक र कपोलकल्पित हुन्। यस्ता समाचारको विश्वास नगर्नुहुन सम्पूर्ण सञ्चार माध्यमहरूप्रति अनुरोध गर्दछौं।”

मन्त्रालयले आम नागरिक तथा सञ्चार माध्यमलाई आधिकारिक स्रोतबाहेकका अपुष्ट र सनसनीपूर्ण सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। साथै, यस्ता गलत सूचनाले समाजमा अनावश्यक भ्रम र तनाव सिर्जना गर्न सक्ने भन्दै सचेत रहन पनि अपिल गरिएको छ।

यससँगै, सामाजिक सञ्जालमा फैलिने यस्ता अफवाहपूर्ण सामग्रीको तथ्य जाँच नगरी शेयर नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस