×
Lagani
Lagani Shiksha gif
भैरहवामा ‘सीईओ डायलग’



भैरहवा, ९ असार । अमेरिकी दूतावास नेपालले इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट तथा अध्ययन तथा एड्भाइजरीसँगको सहकार्यमा भैरहवामा ‘सीईओ डायलग’ कार्यक्रम आयोजना गरेको छ। नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्ष तथा अमेरिकाको २५०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा पर्यटन प्रवर्द्धन, डिजिटल प्रविधि र उद्यमशीलता विकासका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटका निर्देशक रोशन घिमिरेले नेपाल–अमेरिका सम्बन्धको ७५औँ वर्ष तथा अमेरिकाको २५०औँ स्थापना दिवसको अवसरमा ज्ञान, अनुभव र व्यावसायिक अभ्यास आदानप्रदान गर्ने उद्देश्यले ‘सीईओ डायलग’ सञ्चालन गरिएको बताए । उनका अनुसार कार्यक्रमको दोस्रो शृङ्खला भैरहवामा केन्द्रित गर्दै पर्यटन प्रवद्र्धनमा प्रविधिको भूमिकामाथि छलफल गरिएको हो।

Lagani Shiksha gif
sharehubapk भैरहवामा ‘सीईओ डायलग’

छलफलमा लुम्बिनी क्षेत्रमा ठूलो लगानीसहित पूर्वाधार विकास भए पनि अपेक्षाअनुसार पर्यटन विस्तार हुन नसकेको उल्लेख गर्दै डिजिटल मार्केटिङ र प्रभावकारी स्टोरीटेलिङमार्फत थप पर्यटक आकर्षित गर्न सकिने धारणा राखिएको थियो।

कार्यक्रममा ‘व्हील’ एपका प्रमुख कार्यकारी अधिकृत दिलीप ढकालले अन्तर्राष्ट्रिय बजारमा व्यवसाय विस्तारका अनुभव साझा गरेका थिए। त्यस्तै, कम्युनिटी होमस्टे नेटवर्कका संस्थापक शिव ढकालले ग्रामीण पर्यटन विकासमा समुदायको सहभागिता र स्थानीय अनुभवको महत्वबारे प्रकाश पारे।

दुई घण्टासम्म चलेको कार्यक्रममा पर्यटन, उद्यमशीलता, नवप्रवर्तन र आर्थिक विकासका विषयमा छलफल भएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले नेपाली उद्यमीलाई अन्तर्राष्ट्रिय अनुभवबाट सिक्ने अवसर प्रदान गर्नेछन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस