×
Lagani
Lagani Shiksha gif
कक्षा १२ को नतिजा प्रकाशित , कसरि हेर्ने नतिजा ?



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गरको हो ।

नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएकोमा सबै विषयमा ग्रेड प्राप्त गर्ने २ लाख ३१ हजार ७७० रहेका छन् ।

Lagani Shiksha gif
sharehubapk कक्षा १२ को नतिजा प्रकाशित , कसरि हेर्ने नतिजा ?

त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड पाएको बोर्डले जनाएको छ । त्यस्तै आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४२० ले ग्रेड प्राप्त गरेका छन् ।

कक्षा १२ को नियमिततर्फ ६९.७५ प्रतिशत आंशिकतर्फ ४२.३८ प्रतिशत र कुल ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डले जनाएको छ ।

गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षा सम्पन्न भएको ३५ दिनमै यस बर्ष नतिजा आएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड (NEB) को नतिजा हेर्नका लागि तलका माध्यमहरू प्रयोग गर्न सकिन्छ:

१. वेबसाइटबाट नतिजा हेर्ने तरिका

result.neb.gov.np वा neb.ntc.net.np खोल्नुहोस्।

• आफ्नो Symbol Number प्रविष्ट गर्नुहोस्।

• आवश्यक जानकारी भरेपछि Submit/View Result मा क्लिक गर्नुहोस्।

• तपाईंको नतिजा स्क्रिनमा देखिनेछ।

२. SMS बाट नतिजा हेर्ने तरिका

• मोबाइलको Message Box खोल्नुहोस्।

• NEB [Space] Symbol Number टाइप गर्नुहोस्।

• 1600 मा SMS पठाउनुहोस्।

• केही समयमै नतिजा SMS मार्फत प्राप्त हुनेछ।

३. IVR सेवाबाट नतिजा हेर्ने तरिका

• नेपाल टेलिकमको 1601 नम्बरमा फोन गर्नुहोस्।

• प्राप्त निर्देशन अनुसार Symbol Number प्रविष्ट गर्नुहोस्।

• फोनमार्फत नतिजा सुन्न सक्नुहुन्छ।

४. USSD सेवाबाट नतिजा हेर्ने तरिका

• नेपाल टेलिकमको सिम प्रयोग गरी *1601# डायल गर्नुहोस्।

• स्क्रिनमा देखिएको निर्देशन पालना गर्नुहोस्।

• Symbol Number प्रविष्ट गरेपछि नतिजा प्राप्त हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस