×
Lagani
Lagani Shiksha gif
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको मूल्य, कुन मुद्राको दर कति ?



काठमाडौं, ०५ असार । नेपाली बजारमा विदेशी मुद्राको भाउ शुक्रबार पुनः अद्यावधिक भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार अमेरिकी डलरदेखि युरो, पाउन्ड र भारतीय रुपैयाँसम्मका प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको हो।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

Lagani Shiksha gif
sharehubapk राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको मूल्य, कुन मुद्राको दर कति ?

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा तथा बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा तोकिएको छ। त्यसैगरी, बेलायती पाउन्ड स्ट्रलिङको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ।

अन्य प्रमुख मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०५ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३३ पैसा निर्धारण हुँदा साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा पुगेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४९ पैसा तोकिएको छ।

यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा तथा मलेसियन रिङ्गेटको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ २१ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा तथा ओमानी रियालको खरिददर ३९१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विवरण केन्द्रीय बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस