×
Lagani
Lagani Shiksha gif
शेयर बजार बुझ्न चाहनुहुन्छ ? नयाँ लगानीकर्ताका लागि शेयर हबको भिडियो कोर्ष सार्वजनिक



शेयर बजारमा प्रवेश गर्ने अधिकांश नयाँ लगानीकर्ताको एउटै गुनासो हुन्छ – कुन कम्पनी किन्ने, कहिले किन्ने र किन किन्ने भन्ने स्पष्ट जानकारीको अभाव।

सामाजिक सञ्जालका हल्ला, साथीभाइका सुझाव वा समूहमा आएका सिफारिसका भरमा लगानी गर्दा धेरैले अनावश्यक घाटा समेत बेहोर्नुपरेको छ। यदि तपाईं पनि शेयर बजारमा प्रवेश गर्ने सोचमा हुनुहुन्छ वा हाल लगानी गरिरहनुभएको छ तर कम्पनी छनोट गर्न कठिन भइरहेको छ भने शेयर हबले सञ्चालन गरिरहेको ‘शेयर बजारको आधारभूत ज्ञान तथा कम्पनीको आधारभूत विश्लेषण’ भिडियो पाठ्यक्रम तपाईंका लागि उपयोगी हुन सक्छ।

Lagani Shiksha gif
sharehubapk शेयर बजार बुझ्न चाहनुहुन्छ ? नयाँ लगानीकर्ताका लागि शेयर हबको भिडियो कोर्ष सार्वजनिक

यस पाठ्यक्रममा सहभागी हुन इच्छुक पाठकहरूले विशेष छुट प्राप्त गर्न सक्नेछन्। नेप्सेबजारमार्फत उपलब्ध NEPSEBAJAR कुपन कोड प्रयोग गरेर पाठ्यक्रम खरिद गर्दा विशेष मूल्य छुट लिन सकिने व्यवस्था गरिएको छ। पाठकहरूले कोर्स खरिद गर्ने क्रममा उक्त कुपन कोड प्रयोग गरी छुटको सुविधा लिन सक्नेछन्।

यस पाठ्यक्रममा शेयर बजारका आधारभूत विषयदेखि कम्पनीको वास्तविक अवस्था कसरी बुझ्ने, वित्तीय विवरण कसरी अध्ययन गर्ने, राम्रो र कमजोर कम्पनी छुट्याउने आधारहरू के-के हुन् तथा दीर्घकालीन लगानीका लागि कम्पनी छनोट गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षहरूबारे विस्तृत जानकारी समेटिएको छ।

भिडियो कोर्ष हेर्नको लागि यहाँ क्लिक गर्न होला। 

धेरै लगानीकर्ताले बजार घट्दा डराउने र बढ्दा हतारमा खरिद गर्ने गल्ती गर्ने गर्छन्। यस्ता व्यवहारिक त्रुटिहरूबाट बच्न तथा तथ्य र अध्ययनका आधारमा निर्णय लिन मद्दत गर्ने सामग्री पनि पाठ्यक्रममा समावेश गरिएको बताइएको छ।

शेयर बजारमा सफल लगानीकर्ताहरूले अपनाउने अध्ययन पद्धति, कम्पनी विश्लेषणका आधारभूत सूत्रहरू तथा लगानीअघि हेर्नैपर्ने महत्वपूर्ण सूचकहरूलाई सरल नेपाली भाषामा प्रस्तुत गरिएको छ। यही कारण पछिल्लो समय बजारबारे गहिरो ज्ञान हासिल गर्न चाहनेहरूबीच यस पाठ्यक्रमप्रति आकर्षण बढ्दै गएको देखिएको छ।

शेयर बजारमा लगानी गर्नु अघि ज्ञानमा लगानी गर्नु नै सबैभन्दा ठूलो सुरक्षा मानिन्छ। बजारको भीड पछ्याउने कि अध्ययन गरेर निर्णय गर्ने भन्ने छनोट अब तपाईंको हातमा छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस