×
Lagani
Lagani Shiksha gif
अप्ठ्यारोमा परेकालाई घर घरमा ग्याँस पुर्याउने जिल्ला प्रशासनको निर्णय



चितवन जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्याँस अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ ।

एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्याँस उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठ्यारोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्‍याउने व्यवस्था मिलाएको छ । आज जिल्ला प्रशासन कार्यालय र ग्याँस उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्याँस नपाएको खबर प्राप्त भएमा घरमा नै ग्याँस पठाउने व्यवस्था गरिएको जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk अप्ठ्यारोमा परेकालाई घर घरमा ग्याँस पुर्याउने जिल्ला प्रशासनको निर्णय

व्यक्ति विशेषले समेत ग्याँस नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ । जिल्लामा बाबा, साइबाबा र नेपाल ग्याँस उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्याँसको बजार क्षेत्र चितवन हो ।

चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्याँस अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्याँसका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्याँस आएकाले बजारमा अभाव नहुने जानकारी दिए ।

gfgf अप्ठ्यारोमा परेकालाई घर घरमा ग्याँस पुर्याउने जिल्ला प्रशासनको निर्णय

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस