×
Lagani
Lagani Shiksha gif
विश्वकाे ३०% ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै



रियाद, १६ साउन । साउदी अरबले लाल सागरमा जहाजहरूको सुरक्षा सुनिश्चित गर्न एक अन्तर्राष्ट्रिय गठबन्धन गठन गर्ने घोषणा गरेको छ।

 

Lagani Shiksha gif
sharehubapk विश्वकाे ३०% ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

यसको उद्देश्य पछिल्लो समयमा इरान समर्थित यमनका हुथी विद्रोहीहरूबाट हुने आक्रमणहरूबाट पानीजहाजहरूको रक्षा गर्नु र जल यातायात सहज बनाउनु हो ।

 

अन्तराष्ट्रिय समाचार संस्थाहरूका अनुसार यस गठबन्धनमा सामेल हुन साउदी अरबले सरोकारवाला ५० देशहरूलाई आमन्त्रण गरि सकेको छ। यद्यपि, कुन–कुन देशहरूले यसमा सहभागिता जनाउने छन् भन्नेबारे अझै निर्णय भइसकेको छैन। यससम्बन्धी औपचारिक घोषणा छिट्टै हुन सक्ने अनुमान गरिएको छ।

 

गत जुलाई २० मा हुथी विद्रोहीहरूले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दीको घोषणा गरे पछि मुख्यतयाः कच्चा तेलको ब्यापार ७ प्रतिशतले भन्दा बढी असर मात्रै परेन, इरान–अमेरिका–इजरायल युद्दको कारण निरन्तर बढिरहेको तेलको भाउ गत मे यता प्रति ब्यारेल १०० डलरसमेत नाघेको थियो। सो मार्ग हुदैँ हुने लगभग ३० प्रतिशत विश्व ब्यापारमा पनि असर परिसकेको छ।

 

अझै पनि हुथी बिद्रोहीहरूले साउदी बन्दरगाहहरू प्रयोग गर्ने जहाजहरूमाथि आक्रमण हुन सक्ने बताइरहेका मात्रै छैनन, केही जहाजमा आक्रमणसमेत गरेर आफुलाई प्रमाणित गरिसकेका छन् ।

 

मध्य पूर्वको समाचार वेबसाइट ‘अल मनिटर’ का अनुसार, अमेरिका, पाकिस्तान, इजिप्ट, टर्की, जिबुती, सोमालिया र सुडानलाई औपचारिक रूपमा नै निमन्त्रणा पठाइ सकिएको छ। यसका साथै, जर्मनी, फ्रान्स र इटाली लगायतका विभिन्न युरोपेली राष्ट्रहरूलाई पनि निमन्त्रणा प्राप्त भएको उनीहरूले सार्बजनिक गरिसकेका छन् ।

 

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त समाचारमा जनाइए अनुसार इजिप्ट, जिबुती र सुडान यस गठबन्धनमा सामेल हुन सुरूमा नै सहमत भइसकेका छन । यद्यपि अमेरिकाले यस गठबन्धनमा आफ्नो सहभागिताको बारेमा अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरेको छैन तर उसको सहभागिताको सम्भावना भने प्रबल मानिएको छ।

 

एक्सियोसको एक समाचार अनुसार साउदी रक्षामन्त्री राजकुमार खालिद बिन सलमानले गत बुधबार अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग आकस्मिक भेटवार्ता गरेका थिए, जहाँ यस बिषयमा पनि कुराकानी भएको थियो। उक्त भेटबारे जानकारी राख्ने एक स्रोतका अनुसार राजकुमार खालिदले अमेरिकालाई यो स्पष्ट पारे कि साउदी अरब अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व अझ चर्किएको वा बढेको चाहँदैन।

प्राप्त जानकारी अनुसार राजकुमार खालिदले जेडी भान्सलाई यो पनि बताएका छन् कि साउदी अरब यमनका हुथी विद्रोहीहरूको सामना गर्न सक्षम छ र यस विषयमा हाल उसलाई अमेरिकी सैन्य सहयोगको आवश्यकताको जरूरी छैन्।

 

फेब्रुअरी २८ मा इरानमाथि अमेरिकी आक्रमण सुरु भएयता इरानले खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य अखडा र अन्य पूर्वाधारहरूलाई निशाना बनाएर जवाफी कारबाही गरिरहेको छ।

 

खासमा लाल सागर विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। यसको एकतर्फ साउदी अरब र यमन पर्दछन् भने अर्कोतर्फ इजिप्ट, सुडान, इरिट्रिया, जिबुती र सोमालिया अवस्थित छन्। विश्वको करिब ३० प्रतिशत समुद्री व्यापार यसै मार्ग भएर हुने गर्दछ।

 

लाल सागरमा प्रवेश गर्ने र बाहिरिने जम्मा दुईवटा मात्र मार्गहरू छन् । पूर्वमा बाब अल मान्दब जलसन्धि र पश्चिममा स्वेज नहर तसर्थ यीमध्ये कुनै पनि मार्गमा आउने अवरोधले विश्वव्यापी व्यापार र तेल आपूर्तिमा ठूलो असर पार्छ।

 

सबैभन्दा साँघुरो बिन्दुमा बाब अल मान्दबको चौडाइ मात्र २९ किलोमिटर छ । फलस्वरूप, त्यहाँ पानीजहाजहरूको आवतजावतका लागि दुईवटा मात्र जलमार्गहरू रहेका छन्।

 

इरान युद्धपछि हर्मुज जलसन्धिमा लगाइएको नाकाबन्दीका कारण साउदी अरबले आफ्नो अधिकांश तेल यही मार्ग हुँदै ढुवानी गर्दै आएको छ। यद्यपि, हाल यस मार्गमा इरान समर्थित हुथी विद्रोहीहरूको प्रभाव बढेको छ।

 

सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्याँसको आपूर्ति होर्मुज जलसन्धि भएर हुने गर्दछ। हाल होर्मुज जलसन्धि र लाल सागर दुवै क्षेत्रमा बढ्दो तनावका कारण विश्वको करिब २५ प्रतिशत ऊर्जा आपूर्ति कुनै न कुनै रूपमा यस द्वन्द्वबाट प्रभावित भइरहेको बेला साउदी अरबले यो पहलकदमी सुरू गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस