काठमाडौं, १२ साउन । दुलगातार दुई दिन बढेको नेपाली बजारमा सुनको मूल्य मंगलबार उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ६५५ रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार र सोमबार सुनको मूल्य क्रमशः १ हजार ६०० र १ हजार ४०० रुपैयाँले बढेको थियो।
यता, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















