×
Lagani
Lagani Shiksha gif
माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड मिति सार्बजनिक



माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड असार १९ गते शुक्रबार गर्ने तयारी गरिएको छ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेडका अनुसार उक्त दिन बाँडफाँड प्रक्रिया सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि असार ३ गतेदेखि असार ८ गतेसम्म १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा ठूलो संख्यामा आवेदन परेकाले अधिकांश आवेदकले सेयर नपाउने भएका छन्।

Lagani Shiksha gif
sharehubapk माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड मिति सार्बजनिक

बाँडफाँड सम्पन्न भएपछि गोलाप्रथामार्फत १ लाख ४२ हजार ७६० जना आवेदकले १०–१० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। बाँकी योग्य आवेदक भने यस पटकको आईपीओबाट वञ्चित हुनेछन्।

आईपीओको नतिजा बाँडफाँड सम्पन्न भएपछि बिक्री प्रबन्धकको वेबसाइट, सीडीएससीको मेरोसेयर तथा अन्य सम्बन्धित माध्यमबाट हेर्न सकिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस