×
Lagani
Lagani Shiksha gif
सेबोनले सार्वजनिक गर्यो प्राथमिक पूँजी बजार सुधार नीति, २०८३



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले देशको प्राथमिक पूँजी बजारलाई आधुनिक, पारदर्शी र लगानीकर्तामैत्री बनाउने उद्देश्यका साथ ‘प्राथमिक पूँजी बजार सुधार नीति, २०८३’ सार्वजनिक गरेको छ।

यो नीतिले सार्वजनिक निष्काशन प्रक्रियालाई पूर्णतः डिजिटल, पारदर्शी र समयबद्ध बनाउँदै वैज्ञानिक तथा बजारमा आधारित मूल्य निर्धारण प्रणाली विकास गर्ने महत्वपूर्ण लक्ष्य राखेको छ। सेबोनका अनुसार, यस नीतिले योग्य संस्थागत तथा एङ्कर लगानीकर्ताको सहभागितालाई सक्रिय बनाउने, सार्वजनिक निष्काशनपछि संकलित पूँजीको प्रभावकारी उपयोग र अनुगमन सुनिश्चित गर्ने तथा लगानीकर्ताको हित संरक्षणलाई थप सुदृढ बनाउने व्यवस्थाहरू प्रस्तुत गरेको छ। यसका अतिरिक्त, लघु, साना तथा मझौला (SME) उद्यमहरू, प्रविधिमुखी र नवप्रवर्तनमा आधारित व्यवसायहरू, तथा हरित र दिगो विकास परियोजनाहरूलाई पूँजी बजारमा सहज पहुँच प्रदान गर्ने रणनीतिक उद्देश्य पनि यस नीतिमा समेटिएको छ।

Lagani Shiksha gif
sharehubapk सेबोनले सार्वजनिक गर्यो प्राथमिक पूँजी बजार सुधार नीति, २०८३

प्राथमिक बजारमा उच्चस्तरीय नियमन, सुशासन, पारदर्शिता र प्रविधिको प्रयोगलाई बढावा दिँदै अन्तर्राष्ट्रिय लगानी आकर्षित गर्ने अनुकूल वातावरण सिर्जना गर्नमा यस नीतिले विशेष जोड दिएको छ। साथै, वातावरण, सामाजिक र सुशासन (ESG) तथा दिगोपनसम्बन्धी सूचना प्रवाहलाई क्रमशः संस्थागत गर्दै नेपालको प्राथमिक पूँजी बजारलाई दक्षिण एसियाकै एक प्रतिस्पर्धी र विश्वसनीय बजारका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य पनि यस नीतिले लिएको सेबोनले स्पष्ट पारेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस