×
Lagani
Lagani Shiksha gif
सर्वसाधारणका लागि आइपियो निष्काशन गर्दै एग्री केयर नेपाल



कृषि क्षेत्रमा दशकौंदेखि सक्रिय रहँदै आएको एग्री केयर नेपाल लिमिटेडले आफ्नो पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको विस्तृत अध्ययन र सर्वसाधारणमा धितोपत्र निष्काशन (आईपीओ) गर्ने महत्त्वपूर्ण तयारी अघि बढाएको छ।

यस प्रक्रियालाई सहज र व्यवस्थित बनाउन कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडसँग कर्पोरेट परामर्श सेवा (Corporate Advisory Services) सम्बन्धी सम्झौता गरेको छ। यस सम्झौताले कम्पनीको संस्थागत विकास र पूँजी बजारमा प्रवेशको तयारीलाई थप गति दिनेछ, जसबाट भविष्यमा सर्वसाधारण लगानीकर्ताहरूलाई समेत कम्पनीको विकास यात्रामा सहभागी गराउने लक्ष्य राखिएको छ।

Lagani Shiksha gif
sharehubapk सर्वसाधारणका लागि आइपियो निष्काशन गर्दै एग्री केयर नेपाल

भरतपुर, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा एक कार्यक्रमबीच दुई पक्षीय सम्झौता सम्पन्न भयो। सो अवसरमा एग्री केयर नेपाल लिमिटेडका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरी संस्थागत परामर्शका लागि नेपाल लाइफ क्यापिटललाई आधिकारिक रूपमा नियुक्त गरे।

सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले सुरुवाती चरणमा प्लान्ट न्यूट्रिशन, ट्रेस एलिमेन्ट्स र गुणस्तरीय कृषि सामग्रीको उत्पादनमा ध्यान केन्द्रित गरेको थियो। सन् २००९ मा बायो-टेक्नोलोजि युनिट सञ्चालनमा ल्याएसँगै कम्पनीले जैविक विषादी र लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनहरूमा समेत विस्तार गर्‍यो। पछिल्ला वर्षहरूमा, कम्पनीले क्रप प्रोटेक्शन, प्लान्ट न्यूट्रिशन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स र बायो-इनपुट्स जस्ता विविध उत्पादितर्फबाट देशभरका किसानहरूलाई सेवा प्रदान गर्दै आएको छ।

एग्री केयर नेपालले विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानहरूको उत्पादकत्व र बालीको गुणस्तर वृद्धि, माटोको दीर्घकालीन स्वास्थ्य संरक्षण र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको छ। यसका साथै, किसानहरूलाई आवश्यक प्राविधिक जानकारी र सहयोग पुर्‍याउन विभिन्न प्रशिक्षण कार्यक्रमहरू र ‘किसान कल सेन्टर’ जस्ता पहलहरू पनि सञ्चालन गरिरहेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पूर्ण सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड, धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापन, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर दर्ता तथा निष्काशन र बिक्री प्रबन्ध लगायतका मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्न अधिकृत संस्था हो।

यस सम्झौता अन्तर्गत, नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई आईपीओ सम्बन्धी परामर्श, पूँजी पुनर्संरचना (Capital Restructuring), कम्पनीको वित्तीय र कानुनी अवस्थाको विस्तृत अध्ययन तथा मूल्यांकन, सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार र नियामक निकायसँगको समन्वय जस्ता महत्त्वपूर्ण संस्थागत परामर्श सेवाहरू प्रदान गर्नेछ। यस सहकार्यले एग्री केयर नेपाललाई सफलतापूर्वक पूँजी बजारमा प्रवेश गर्नका लागि आवश्यक प्राविधिक र रणनीतिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस