×
Lagani
Lagani Shiksha gif
प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको चेतावनी



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध लगाएका वस्तुहरूको बिक्री–वितरण नगर्न व्यवसायीलाई चेतावनी दिएको छ ।

विभागले आइतबार सूचना जारी गर्दै भौतिक पसल तथा डिजिटल माध्यमबाट समेत प्रतिबन्धित वस्तु बिक्री भइरहेको भन्ने उजुरी प्राप्त भएकाले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको चेतावनी

निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार नेपाल सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत केही वस्तुको आयात तथा निर्यातमा पूर्ण वा आंशिक प्रतिबन्ध लगाएको विभागले स्मरण गराएको छ। ती वस्तुहरूको अनधिकृत आयात, भण्डारण तथा बिक्री–वितरण कानुनबमोजिम दण्डनीय हुने विभागको भनाइ छ।

विभागले सबै आयातकर्ता, सञ्चयकर्ता तथा विक्रेतालाई कानुनले तोकेका दायित्व, सर्त र बन्देजको पूर्ण पालना गर्दै व्यापार सञ्चालन गर्न आग्रह गरेको छ।

विभागले प्रतिबन्धित वस्तुको आयात, भण्डारण वा बिक्री–वितरण गरेको पाइएमा निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस