×
Lagani
Lagani Shiksha gif
सर्वोच्चको निर्देशनः हिमालयन रिले शेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नुपर्ने



काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रिमियम मूल्यमा शेयर बिक्रीबाट संकलन गरेको रकम लाभांश वितरण वा अन्य प्रयोजनमा प्रयोग नगरी छुट्टै जगेडा कोषमा राख्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।

सर्वोच्चको फैसलाको पूर्णपाठअनुसार नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड (सेबोन) र हिमालयन रिइन्स्योरेन्सलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासनबाट प्राप्त अंकित मूल्यभन्दा बढी रकमलाई अलग कोषमा राख्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिइएको हो।

Lagani Shiksha gif
sharehubapk सर्वोच्चको निर्देशनः हिमालयन रिले शेयर प्रिमियम रकम छुट्टै जगेडा कोषमा राख्नुपर्ने

अदालतले प्रिमियम रकमको प्रयोग सम्बन्धमा स्पष्ट व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै नियामक निकाय र कम्पनीलाई त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ।

निर्देशनात्मक आदेशमा प्रिमियमबाट उठेको अतिरिक्त रकमलाई कम्पनीको नियमित वितरणयोग्य नाफाका रूपमा प्रयोग नगरी छुट्टै जगेडा कोषमा राख्नुपर्ने उल्लेख गरिएको छ। अदालतको यो आदेशले प्रिमियममा शेयर निष्कासन गर्ने कम्पनीहरूको वित्तीय व्यवस्थापन र नियामकीय अभ्यासमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस