किाठमाडौं, ०५ साउन ।.सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ हजार ६५४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकताका साथ बिक्री प्रस्ताव गरिएको भए पनि तोकिएको अवधिमा कुनै आवेदन नपरेपछि कम्पनीले अन्य इच्छुक व्यक्ति तथा संस्थालाई पनि खरिदको अवसर दिएको हो।
कम्पनीका अनुसार बिक्रीमा राखिएको शेयर विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको हो। अब योग्य व्यक्ति तथा कम्पनीले तोकिएको प्रक्रिया पूरा गरी शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नुपर्नेछ। आवेदन नवलपरासी (पूर्व) को गैँडाकोटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पुग्ने गरी बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीले आवेदन दिँदा खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ। निर्धारित अवधिभित्र प्राप्त आवेदनका आधारमा प्रचलित कानुनी व्यवस्था अनुसार शेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।
संस्थापक शेयरमा लगानी गर्न चाहने व्यक्ति तथा संस्थाका लागि यो अवसर खुला गरिएको कम्पनीले उल्लेख गरेको छ।
















