×
Lagani
Lagani Shiksha gif
सिटिजन लाइफको बीमा सेवा चार दिन प्रभावित



काठमाडौं, १३ साउन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमा व्यवस्थापन प्रणाली स्तरोन्नति गर्ने क्रममा चार दिन सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। कम्पनीका अनुसार साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म बीमा सम्बन्धी अधिकांश सेवा उपलब्ध हुने छैन।

हाल सञ्चालनमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई थप आधुनिक र सुरक्षित ‘आईसोलुसन भर्सन नेक्स्ट’मा रूपान्तरण गर्न लागिएकाले यो अवधिमा सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ। यस क्रममा केन्द्रीय कार्यालय, शाखा तथा उपशाखाबाट प्रदान गरिने बीमालेखसम्बन्धी सेवा, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप, ग्राहक तथा अभिकर्ता पोर्टलसमेत बन्द रहनेछन्।

Lagani Shiksha gif
sharehubapk सिटिजन लाइफको बीमा सेवा चार दिन प्रभावित

कम्पनीले सेवा अवरोधबाट ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नवीकरण बीमाशुल्कको म्याद सेवा बन्द अवधिमा परे पनि साउन २० गतेसम्म भुक्तानी गर्दा कुनै विलम्ब शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ।

कम्पनीका अनुसार साउन १८ गते बिहान ८ बजेदेखि नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जसबाट ग्राहकले अझ सुरक्षित, छरितो र प्रविधिमैत्री जीवन बीमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस