×
Lagani
Lagani Shiksha gif
नेपाली भूमिमा बनेको बाँध भत्काउदै भारतीय एसएसबी , स्थानीयले लखेटे !



पश्चिम नवलपरासीको सुस्तामा नेपाली भूमिमा प्रवेश गरेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीयवासीले जनश्रमदानमार्फत निर्माण गरिरहेको अस्थायी बाँध भत्काइदिएपछि सो क्षेत्रमा तनावको स्थिति उत्पन्न भएको छ। आइतबार दिउँसो करिब ३:३० बजेतिर ठूलो संख्यामा आएका एसएसबीका जवानहरूले सुस्ता गाउँपालिका–५, थारु टोलमा निर्माणाधीन माटोको कच्ची बाँध भत्काएका हुन्।

स्थानीयका अनुसार करिब १५ जना सादा पोसाकमा र अन्य हतियारसहित गरी ६० जनाको हाराहारीमा आएका एसएसबीका जवानहरू दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा करिब ३ सय मिटर नेपालतर्फ प्रवेश गरी १३२ मिटर लामो बाँध खनेर भत्काइदिएका थिए। नारायणी नदीमा स्थायी तटबन्ध निर्माणमा भारतीय पक्षबाट अवरोध आएपछि बाढीको जोखिम कम गर्न स्थानीय आफैंले अस्थायी बाँध बनाउने प्रयास गरेका थिए।

Lagani Shiksha gif
sharehubapk नेपाली भूमिमा बनेको बाँध भत्काउदै भारतीय एसएसबी , स्थानीयले लखेटे !

सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतम र प्रवक्ता रवीन्द्र जयसवालका अनुसार एसएसबीले बाँध भत्काउन थालेपछि स्थानीय बासिन्दाले तत्कालै प्रतिकारमा उत्रिएका थिए। स्थानीयहरूले एसएसबीले बाँध खन्दै गरेको भिडियो र तस्बिरहरू खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। स्थानीयको चर्को विरोध र विवाद बढेपछि थप अप्रिय घटना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) को टोली पनि घटनास्थल पुगेको थियो।

यता, स्थानीय प्रशासनले भने भारतीय सुरक्षाकर्मीहरू बाँधका विषयमा बुझ्न आउँदा स्थानीयसँग सामान्य विवाद भएको दाबी गरेको छ। घटनाबारे थप छलफल गर्न सोमबार स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच एक बैठक बोलाइएको प्रशासनले जानकारी दिएको छ।

सुस्तामा भारतीय पक्षको हस्तक्षेप नयाँ भने होइन। गत असार महिनामा पनि भारतीय पक्षले निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको थियो। सो घटनापछि गृह मन्त्रालयको निर्देशनमा सुस्तामा सुरक्षा उपस्थिति बढाइएको थियो। सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा रहने टोलीको संख्या २५ बाट बढाएर ४० पुर्याइएको छ।

लामो समयदेखि सीमा विवाद रहँदै आएको सुस्तामा सीमा स्तम्भको अभाव र नारायणी नदीले धार परिवर्तन गरिरहने कारणले भारतीय पक्षबाट पटक–पटक नेपाली भूभागमा हस्तक्षेप हुने गरेको छ। भारतीय पक्षको यो पछिल्लो कदमले सुस्तावासीमा थप आक्रोश र असुरक्षाको भावना पैदा गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस