×
Lagani
Lagani Shiksha gif
सुन चाँदी दुबैको घटयो मुल्य



काठमाडौं, १७ साउ । आज नेपाली बजारमा सुन र चाँदीको दुबैको मूल्य घटेर कारोबार भइरहेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा अहिले कारोबार भइरहेको छ ।

Lagani Shiksha gif
sharehubapk सुन चाँदी दुबैको घटयो मुल्य

 

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। 

 

गत शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ थियो।

 

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

 

गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँ कायम भएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस