×
Lagani
Lagani Shiksha gif
आत्मदाह प्रयास गरेका गणेश नेपाली अब यो संसारमा रहेनन्।



पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका नेपालीको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै बिहीबार आत्मदाहको प्रयास गरेका थिए।

वीर अस्पतालको ‘बर्न’ आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको अवस्थामा उनको आज बिहान निधन भएको हो। अस्पतालका अनुसार, नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो, जसमा अनुहार, टाउको र घाँटीजस्ता संवेदनशील अंगमा गम्भीर क्षति पुगेको थियो।

Lagani Shiksha gif
sharehubapk आत्मदाह प्रयास गरेका गणेश नेपाली अब यो संसारमा रहेनन्।

अस्पताल पुर्‍याउँदा श्वासप्रश्वासमा कठिन समस्या देखिएपछि उनलाई तत्कालै इन्टुबेसन गरी भेन्टिलेटरमा सारिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्य अवस्था पटक–पटक अस्थिर बनेको थियो।

गम्भीर घाइते नेपालीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने विषयमा छलफल भए पनि स्वास्थ्य अवस्था स्थिर नभएका कारण सो प्रयास सफल हुन सकेन। उनको ज्यान जोगाउन वीर अस्पतालले २१ सदस्यीय विशेष चिकित्सक टोली परिचालन गरेको थियो।

बिहीबार दिउँसो राहदानी विभाग बाहिर आफूमाथि पेट्रोल खन्याएर आगो लगाएका नेपालीलाई स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याएका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस