×
Lagani
Lagani Shiksha gif
असारको तेस्रो सातादेखि सुकुम्बासीका हातहातमा लालपुर्जा बाड्दै बालेन सरकार।



वर्षौंदेखि लालपुर्जाको आशामा बसिरहेका हजारौं भूमिहीन सुकुम्बासीका लागि ठूलो खुशखबर आएको छ। सरकारले असारको तेस्रो सातादेखि वास्तविक सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लामो समयदेखि थाँती रहेको सुकुम्बासी समस्या समाधानका लागि नयाँ कार्ययोजना अनुसार काम अघि बढाएको बताएको छ।

मन्त्री प्रतिभा रावलले प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै असार अन्त्यदेखि साउनको पहिलो साताभित्र लालपुर्जा वितरण अभियान सुरु हुने जानकारी दिएकी हुन्। उनका अनुसार वास्तविक भूमिहीनको पहिचान, तथ्यांक प्रमाणीकरण तथा आवश्यक कानुनी प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ।

Lagani Shiksha gif
sharehubapk असारको तेस्रो सातादेखि सुकुम्बासीका हातहातमा लालपुर्जा बाड्दै बालेन सरकार।

सरकारको तथ्यांकअनुसार विगत तीन दशकमा करिब १२ लाखभन्दा बढी आवेदन परे पनि हालसम्म अत्यन्तै कम परिवारले मात्र लालपुर्जा प्राप्त गर्न सकेका छन्। यही अवस्थालाई परिवर्तन गर्न नयाँ संरचना बनाएर जिल्ला स्तरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गरिएको छ भने केन्द्रमा विज्ञहरूको टोली परिचालन गरिएको छ।

भूमि समस्या समाधान आयोगले देशभरका भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण संकलन र प्रमाणीकरणको काम सम्पन्न गरिरहेको छ। आयोगका अनुसार हजारौं परिवारका लागि लालपुर्जा तयारी अवस्थामा रहेको र लाभग्राहीको अन्तिम सूची प्रमाणीकरणपछि वितरण प्रक्रिया सुरु गरिनेछ।

काठमाडौं उपत्यका तथा अन्य स्थानमा रहेका वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने काम पनि जारी छ। सरकारको योजना अनुसार लालपुर्जा वितरण नभएसम्म केही परिवारलाई मासिक घरभाडा सहायता उपलब्ध गराउने विषयमा समेत तयारी भइरहेको बताइएको छ।

सुकुम्बासी अधिकारकर्मीहरूका अनुसार दशकौंसम्म विभिन्न आयोग गठन भए पनि स्थायी समाधान हुन सकेको थिएन। अहिलेको पहल सफल भए हजारौं परिवारले पहिलोपटक आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्नेछन्, जसले उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

सरकारले वास्तविक भूमिहीनलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया अघि बढाउने जनाएको छ। यदि घोषणा अनुसार काम सम्पन्न भयो भने यो नेपालमा सुकुम्बासी समस्या समाधानतर्फको सबैभन्दा ठूलो अभियानमध्ये एक बन्न सक्ने देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस