×
Lagani
Lagani Shiksha gif
स्पेसएक्स बन्यो पाँचौं मुल्यवान कम्पनि



अमेरिकी उद्यमी एलन मस्कको अन्तरिक्ष तथा कृत्रिम बौद्धिकता कम्पनी स्पेसएक्सको सेयर मूल्य मंगलबार १४ प्रतिशतभन्दा बढी बढेको छ ।

यससँगै कम्पनीको कुल बजार मूल्यांकन २.८५ ट्रिलियन अमेरिकी डलर नाघेको थियो र हाल २.६ ट्रिलियन डलरमा रोकिएको छ । यो तीव्र वृद्धिसँगै स्पेसएक्सले केही समयका लागि अमेजनलाई पनि पछि पारेको छ र माइक्रोसफ्टभन्दा समेत माथि पुगेको थियो । अहिले स्पेसएक्स विश्वका पाँच सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक बनेको छ।

Lagani Shiksha gif
sharehubapk स्पेसएक्स बन्यो पाँचौं मुल्यवान कम्पनि

यसअघि सोमबार पनि कम्पनीको सेयर २० प्रतिशतभन्दा बढी बढेको थियो । त्यस दिनको तीव्र वृद्धिले मस्कको सम्पत्तिमा एकै दिन १६४ अर्ब डलर थपिएको थियो । यो रकम वारेन बफेटले जीवनभर कमाएको अनुमानित १४८ अर्ब डलरभन्दा करिब ११ प्रतिशत बढी हो ।

मंगलबार स्पेसएक्सको सेयर मूल्य २२० डलरमा कारोबार भएको थियो, जुन एक दिनमै १४.३ प्रतिशत वृद्धि हो । यो मूल्य यसको प्रारम्भिक मूल्य १३५ डलरभन्दा ६२ प्रतिशतभन्दा बढी माथि हो । यस स्तरमा कम्पनीको कुल मूल्यांकन करिब २.८५ ट्रिलियन डलर पुगेको छ, जसले यसलाई विश्वका शीर्ष पाँच कम्पनीको सूचीमा उभ्याएको छ। साथै, नास्डाक कम्पोजिट सूचकांकमा वृद्धि ल्याउने प्रमुख योगदानकर्तामध्ये स्पेसएक्स सबैभन्दा अगाडि देखिएको छ ।

यो तीव्र वृद्धिसँगै स्पेसएक्सले अमेजनलाई पछि पारेको छ, जसको बजार मूल्यांकन करिब २.६४ ट्रिलियन डलर रहेको छ । त्यस्तै, केही समयका लागि कम्पनी माइक्रोसफ्टभन्दा पनि अघि पुगेको थियो, जसको मूल्य करिब २.९२ ट्रिलियन डलर छ । तर पछि स्पेसएक्स केही तल झरेको देखिएको छ । हाल विश्वका शीर्ष तीन कम्पनीहरूको मूल्यांकन ४ ट्रिलियन डलरभन्दा माथि रहेको छ । जसमा एनभिडियाको ५ ट्रिलियन डलरभन्दा बढी छ भने अल्फाबेटको ४ ट्रिलियनभन्दा बढी छ भने एप्पलको करिब ४ ट्रिलियन डलर रहेको छ । त्यस्तै माइक्रोसफ्टको २.९ ट्रिलियन डलर रहेको छ ।

मंगलबारदेखि स्पेसएक्स सेयरसँग सम्बन्धित विकल्प कारोबार सुरु भएपछि लगानीकर्ताको चासो अझ बढेको छ । यसले अब लगानीकर्तालाई सेयरको भावी दिशा अनुमान गरेर कारोबार गर्ने नयाँ अवसर दिएको छ ।

स्पटगामा नामक विकल्प विश्लेषण संस्थाका संस्थापक ब्रेन्ट कोचुबाले मंगलबारदेखि एसपीसीएक्स विकल्प सुरु भएको जानकारी दिएका छन् । उनका अनुसार यसमा मासिक म्याद सकिने सुविधा र २५ देखि ३८० डलरसम्मका मूल्य सीमा राखिएको छ ।

उनले माग बढी भएमा बजारमा तरलता कम हुँदा डिलरहरूलाई पनि सेयर खरिद गर्न बाध्य पारिन सक्ने अवस्था आउन सक्ने बताए । आगामी हप्ताहरूमा सूचकांकको माग अझ बढ्ने अनुमान गरिएको छ भने अर्को १–२ महिनासम्म ठूलो मात्रामा नयाँ सेयर उपलब्ध हुने सम्भावना छैन ।

यति ठूलो वृद्धिपछि केही बजार विश्लेषकहरूले कम्पनीको मूल्यांकन वास्तविकताभन्दा धेरै माथि पुगेको बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस