×
Lagani
Lagani Shiksha gif
प्रधानमन्त्री बालेन बस्ने रिसोर्टमा सुरक्षा कडाइ, मोबाइल लैजान रोक र सीसीटीभी बन्द



प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्।

उनका लागि कालिका नगरपालिका–९ शक्तिखोरमा हालै सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बसोबासको व्यवस्था गरिएको छ। रिसोर्टलाई चार दिनका लागि पूर्ण रूपमा बुक गरिएको छ।
स्रोतका अनुसार रिसोर्टका सबै १६ वटा कोठा अग्रिम रूपमा बुक भइसकेका छन्। सो अवधिमा बाहिरी व्यक्तिहरूको प्रवेशमा रोक लगाइएको छ। उपलब्ध १३ वटा कोठामा पाहुना राखिने र बाँकी कोठा आवश्यकताअनुसार प्रयोग गरिने व्यवस्था मिलाइएको बताइएको छ।

Lagani Shiksha gif
sharehubapk प्रधानमन्त्री बालेन बस्ने रिसोर्टमा सुरक्षा कडाइ, मोबाइल लैजान रोक र सीसीटीभी बन्द

प्रधानमन्त्रीको बसाइलाई लक्षित गर्दै सुरक्षाकर्मीहरू शनिबारदेखि नै रिसोर्टमा परिचालन गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले त्यहाँ सुरक्षा तथा निगरानीको जिम्मेवारी सम्हालिरहेको छ।

रास्वपा महाधिवेशन स्थलबाट करिब १६ किलोमिटर उत्तर–पूर्वमा रहेको यो रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी र सिद्धी जाने सडक नजिक पर्छ। प्रधानमन्त्री शाहसँगै अन्य उच्चस्तरीय व्यक्तिहरू पनि सोही रिसोर्टमा बस्ने बताइएको छ। सुरक्षाका लागि तीन वटा भीभीआईपी कोठा तयार पारिएको छ।

प्रधानमन्त्रीको आगमनसँगै रिसोर्टका अधिकांश कर्मचारीलाई अस्थायी रूपमा बिदा दिइएको छ भने सीमित कर्मचारी मात्र सेवा सञ्चालनमा खटाइएको छ। किचन, हाउसकिपिङ र अन्य आवश्यक सेवाका लागि थोरै कर्मचारी मात्र कार्यरत छन्।

सुरक्षा संवेदनशीलताका कारण रिसोर्टभित्रका सबै सीसीटीभी क्यामेराहरू बन्द गरिएको छ। साथै स्टाफहरूलाई फोटो खिच्न तथा मोबाइल फोन प्रयोग गर्न पनि रोक लगाइएको बताइएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस