×
Lagani
Lagani Shiksha gif
बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’मार्फत मात्रै



काठमाडौं, ०७ । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने नक्सासम्बन्धी सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था लागू गरेको छ। अब यस्ता संस्थाले नक्सा सेवा प्राप्त गर्न ‘मेरोकित्ता’ प्रणालीको अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ।

नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब ‘मेरोकित्ता’ प्रणालीमार्फत मात्रै उपलब्ध गराउने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार उक्त व्यवस्था असार ८ गतेदेखि लागू हुने भएको हो।

Lagani Shiksha gif
sharehubapk बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’मार्फत मात्रै

नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले नक्सासम्बन्धी सेवा लिन सम्बन्धित संस्थागत प्रयोगकर्ता (इन्स्टिच्युसनल युजर) मार्फत मेरोकित्ता प्रणालीको प्रयोग गर्नुपर्नेछ। कार्यालयले प्रत्यक्ष उपस्थित भएर सेवा लिने पुरानो प्रक्रियालाई विस्थापित गर्दै अनलाइन प्रणालीलाई अनिवार्य बनाएको हो।

नापी कार्यालयका अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित, पारदर्शी, छरितो तथा प्रविधिमैत्री बनाउन यो व्यवस्था लागू गरिएको हो। यसबाट सेवा लिने संस्थाहरूको समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ।

कार्यालयले बैंक तथा वित्तीय संस्थालाई आवश्यक नक्सा तथा जग्गासम्बन्धी विवरण अनलाइन प्रणालीमार्फत सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ। नयाँ प्रणाली लागू भएसँगै सेवा प्राप्तिका लागि कार्यालय धाउनुपर्ने बाध्यता हट्ने र आवश्यक काम छिटो तथा प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास गरिएको छ।

नापी प्रशासनले सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थालाई समयमै संस्थागत प्रयोगकर्ता प्रणालीमार्फत आबद्ध भई मेरोकित्ता सेवाको प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस