×
Lagani
Lagani Shiksha gif
रास्वपा उम्मेदवारी शुल्क सार्वजनिक: केन्द्रीय सदस्य २१ हजार, सभापतिलाई कति ?



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले सभापतिको उम्मेदवारका लागि ५१ हजार शुल्क तोकेको छ ।

आइतबारदेखि चितवनमा हुने महाधिवेशनका लागि सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk रास्वपा उम्मेदवारी शुल्क सार्वजनिक: केन्द्रीय सदस्य २१ हजार, सभापतिलाई कति ?

त्यस्तै पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक रहेका छन् ।

त्यस्तै आयोगले उम्मेदवारी दर्ता गर्दा मनोनयन पत्रसहित, उम्मेदवारी शुल्क बुझाएको रसिद, अनुशासन कारवाहीमा नपरेको स्व-घोषणा पत्र, पार्टी सदस्यताको प्रतिलिपि र पासपोर्ट साइज फोटो २ प्रति आवश्यक हुने जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस