×
Lagani
Lagani Shiksha gif
टेम्पो भीरबाट फालेको विषयमा वन कार्यालय कैलालीले के भन्यो ?



कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रको गाईमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले सडकमा रहेको टेम्पो भीरबाट खसालेको भन्ने विषय डिभिजन वन कार्यालय कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले उक्त घटनाबारे गलत बुझाइ नहोस् भनी वास्तविकता स्पष्ट पारेको छ । कार्यालयका अनुसार सो क्षेत्र चुरे भेगअन्तर्गत पर्ने अत्यन्त संवेदनशील र कमजोर पर्यावरणीय प्रणाली भएको वन क्षेत्र भएको र लामो समयदेखि सडक किनारको सार्वजनिक वन जमिनमा गैरकानुनी रूपमा भागबण्डा गर्ने, खोका–छाप्रा बनाउने र सरकारी जग्गा अतिक्रमण गर्ने गतिविधि हुँदै आएको छ । वन प्रशासनले यसलाई समय–समयमा नियन्त्रण गर्दै आएको बताइएको छ ।

Lagani Shiksha gif

कार्यालयले जनाएअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध रूपमा खोका–छाप्रा बनाइएको थियो । सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो टेम्पो चल्ने अवस्थामा रहेको सवारी नभई चक्का र इन्जिन बिग्रिएको, सार्नसमेत कठिन हुने कवाडी संरचना मात्र भएको दाबी वन कार्यालयको रहेको छ । सो टेम्पोलाई पसलको टहरोको रूपमा प्रयोग गरेर वन क्षेत्र अतिक्रमण गरिएको कार्यालयको भनाइ छ ।

यसअघि एक महिना अघि नै सो संरचना हटाउन निर्देशन दिइएकोमा अन्य केही छाप्रा हटाइए पनि सो टेम्पोका सञ्चालक घनश्याम धामीले नहटाएको र वन कर्मचारीले धकेलेर उनको घरसम्म पुर्‍याइदिएको समेत उल्लेख छ । पछि सोही व्यक्ति फेरि टेम्पो ल्याएर सोही स्थानमा राखी पसल सञ्चालन गर्दै आएको बताइएको छ । पुनः हटाउन निर्देशन दिँदा समेत उनले अटेरी गर्दै अपशब्द प्रयोग गरेको र हटाउन अस्वीकार गरेको कार्यालयको भनाइ छ । जेठ २९ गते अतिक्रमण हटाउने अभियानका क्रममा सो कवाडी टेम्पो हटाउने प्रयास गर्दा भिरालो जमिन र असन्तुलनका कारण अनियन्त्रित भई दुर्घटनावश भीरबाट खस्न पुगेको वन कार्यालयको दावी छ ।

तर सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा टेम्पो धकेलेर भीरमा लडाइएको स्पष्ट देखिएको छ । सामाजिक संजालमा टेम्पो भीरबाट फालिएको विषयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस